बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा हुने
वि.सं.२०७९ जेठ २ सोमवार १७:२०
shares
काठमाडौं, २ जेठ । विश्व शन्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा आज वृहत् शोभायात्राको आयोजना गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाको सक्रियतामा मङ्गलबार वृहत् शोभायात्राको आयोजना गरिएको छ ।
राजधानी लिस्बनमा हुने वृहत् शोभायात्रा, बुद्धको पूजाअर्चना तथा प्रसाद वितरणलगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको छ । बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारमा प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउन लागिएको महावाणिज्यदूत हमालले बताए । उनका अनुसार मङ्गलबार मध्याह्न १२ बजे बुद्धको पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो ३ः३० बजे लिस्बनको मुख्य पर्यटकीय केन्द्र रोसियोस्थित प्रासा दि कमर्सियोबाट वृहत् शोभायात्रा सुरु गरिने छ ।