काकालाई हराएर गाउँपालिका बने अध्यक्ष राजाबाबु
वि.सं.२०७९ जेठ २ सोमवार १७:४४
shares
काठमाडौं, २ जेठ । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका यादव चार हजार ८१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३३९ मत पाए ।
पराजित हरिनन्दन निर्वाचित राजाबाबुका काका हुन् । माओवादी नेता तथा पूर्वसांसद शिवपुजन राय यादवका छोरा राजाबाबु काठमाडौंमा बीबीएस अध्ययनरत थिए ।
पूर्वसांसद यादवले काठमाडौंबाट बोलाएर छोरा राजाबाबुलाई दबाब दिएर चुनावी मैदानमा उतारेका थिए । बुवाको राजनीतिक विरासतले गाउँपालिका निर्वाचित उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् ।