Nepal Life Banner

विन नेपाल लघुुवित्तको लाभांश संशोधन

3.84K
shares

काठमाडौं, ३ जेठ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई लाभांश संशोधन गरेको छ ।

साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बोनस सेयर र नगद लाभांश संशोधन गरेर ९.३३ प्रतिशत दिने निर्णय गरिएको छ । यस अघि कम्पनिले ११ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
दुईवटा संस्था एक आपसमा गाभिए पछि कायम भए पछि आर्थिक वर्ष २०७७÷०७८ को ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँ को ९ं३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको संस्थाका कार्यकारी अधिकृत बसन्त बहादुर शाक्यले जानकारी दिए ।

विन लघुुवित्त कम्पनीको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकबाट दुुई संस्था गाभिए पश्चात कायम हुुन आएको मुुनाफा रकम ६७ लाख ६५ हजार बराबरको बोनस सेयर सम्बन्धित सेयरधनीलाई दिने निर्णय भएको छ । साथै अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को मुुनाफाबाट हुुन आउने रकमको ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरिएको छ । यसवापत ३ लाख ३८ हजार २५० रुपैयाँ नगद लाभांश वितरण गरिने भएको हो ।