GBIME

सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा एमाले विजयी

1.05K
shares

काठमाडौं,३  जेठ  । सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका छन । आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका छन । उनका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत मात्र ल्याएका छन ।

त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएका छन । कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएका छन । उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी भएका हुन। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाए । मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो ।

Premier Steel Banner