GBIME

 २५६७ औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै 

1.37K
shares

काठमाडौँ, २२ चैत्र । आज वैशाख पूर्णिमा अर्थात् भगवान् गौतम बुद्धको जीवनसंग जोडिएको महत्त्वपूर्ण तीन घटना ‘त्रिसंयोग’ लाई बुद्ध पूर्णिमाको रूपमा विविध कार्यक्रम गरी २५६७ औँ बुद्ध जयन्ती नेपालमा मनाइँदै छ ।

शान्तीका अग्रदूत शाक्यमुनि गौतम बुद्धको जन्म,बुद्धत्व प्राप्त गरेको र मृत्यु भएको तीन घटनाकै संयोग पूर्णिमाको तिथिमा परेको कारण आजको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्तीको रूपमा नेपाल लगायत विश्वका विभिन्न देशमा रहेका बौद्ध धर्मावलम्बीहरूले विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छन् ।

नेपालमा हरेक वर्ष वैशाख पूर्णिमाका दिन राष्ट्रिय स्तरमा बुद्ध जयन्ती मनाइन्छ । आज संसारका बौद्धहरूले आ–आफ्नै संस्कृति–परम्परा अनुरूप आस्था र श्रद्धाका साथ बुद्धको स्मरण गर्ने, ध्यान गर्ने तथा धर्मोपदेश मनन् गर्दै उत्सवका रूपमा बुद्ध पूर्णिमा मनाउँछन् । पूर्णिमाको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई विशेष रूपमा सजाईएको छ ।

शान्ति, सत्यता, अहिंसा र सरलताको लागि बुद्ध संसारका लागि पथप्रदर्शक हुन् । विश्व शान्तिका अग्रदूत बुद्धको जन्म ईशापूर्व ५४३ मा कपिलवस्तुमा भएको हो । यद्यपि उनको जन्म मितिलाई लिएर सबैमा एकमत पाईंदैन् । त्यसैले दुई फरक समयलाई मान्दै आएको पाइन्छ ।

लुम्बिनी विकास कोषले वैशाख पूर्णिमाको पूर्व सन्ध्यामा १९ गतेदेखि नै कपिलवस्तुमा साताव्यापी कार्यक्रम गर्दै आएको छ । मुख्य गरी आज कोषले मूल समारोह कार्यक्रम गरी धूमधामका साथ बुद्ध जयन्ती मनाउन लागेको हो ।  उक्त कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन मन्त्री सुदन किराँती लगायत विभिन्न व्यक्ति लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

त्यस्तै, विभिन्न देशबाट लुम्बिनीमा आएका बौद्ध दर्शनका ज्ञाता, अनुयायी, बौद्ध धर्मका गुरु लगायतका विभिन्न व्यक्तिहरूको पनि कार्यक्रममा सहभागिता रहने छ । संसारभर दुःख छ र दुःख पछि नै सुख र शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक बुद्धको सम्झनामा नेपाल लगायत विभिन्न देशमा आज बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

Dhulikhel Eco Resort 1200*100