Mangaldeep Aagarbatti
GBIME

सरकारले ल्याएका यी हुन् प्रशंसायोग्य ४४ कार्यक्रम

6.47K
shares

काठमाडौं, ५ जेठ । सरकारले शुक्रवार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीय संसद्का दुवै सदनलाई संवोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरे ।

१८८ बुँदा समेटिएको नीति तथा कार्यक्रममा यति धेरै राम्रा विषयहरू समेटिएका छन् कि, जसले हर कोहीलाई सरकारको प्रशंसा गर्न बाध्य बनाउँछ । सरकारले ल्याएका नीति तथा कार्यक्रमको उद्योगी, व्यवसायीदेखि अर्थतन्त्रमा चासो राख्ने धेरैले स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग सङ्गठन मोरङका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले सरकारले ल्याएका कार्यक्रम स्वागत योग्य रहेको बताएका छन् । उनले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई ४४ बुँदामा उतार्दै प्रशंसा समेत गरेका छन् । तर, यसको कार्यान्वयनमा भने उनले शङ्का व्यक्त गरेका छन् ।

हरेक वर्ष गरिने प्रवचन उस्तै हुन तर समस्या कार्यान्वयनमा देखा पर्छ भन्दै उनले गुनासो व्यक्त गरेका छन् । त्यति मात्र नभएर भनेको कुरा नपुग्ने र जनतामा निराशापन छाउने दाबी गर्दै उनले आस गर्नु तर भर नपर्नु जस्ता प्रतिक्रिया दिएका छन् ।

राजनीतिक रूपमा बाह्यस नभई हेर्ने हो भने सरकारका कार्यक्रमहरू साँच्चिकै खुलेरै प्रशंसा गर्नुपर्ने खालका छन् । हरेक जनताले सलाम ठोक्नु पर्ने खालका केही कार्यक्रमहरूलाई हामीले बुँदागत रूपमा यहाँ प्रस्तुत गरेका छौँ ।

नीति तथा कार्यक्रम २०८०

१. राजस्व चुहावट नियन्त्रण गरिने,

२. सहकारी बचतकर्तालाई विशेष सुरक्षा प्रदान गरिने,

३. अन्तर्राष्ट्रिय लगानी ठुला परियोजनामा लगाउने,

४. अनावश्यक कार्यालय बन्द गर्ने, खर्च गर्ने प्रवृत्तिमा सुधार ल्याइने,

५. पुँजी बजारमा एनआरएनलाई लगानी खुल्ला गरिने,

६. कृषि बिमाको दायरा बढाउने,

७. स्टार्ट अपलाई प्रवर्धन गर्ने,

८. विकास आयोजनाको लागी छुट्टै कानुन ल्याउने,

९. नयाँ उद्योगलाई बिउ पुँजी सहुलियतमा दिने,

१०. रुग्ण उद्योगको अध्ययन गर्न कार्यदल बनाउने,

११. विद्युत् सवारी साधन उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने,

१२. कर प्रणालीमा पुनरावेदन गर्ने,

१३. तीन तहको समन्वय हुने नीति ल्याउने,

१४. महँगो भए पनि स्वदेशी उत्पादन तथा वस्तुलाई प्रयोग गर्नुपर्ने नीति ल्याइने,

१५. ५० युनिट बिजुली फ्री, विद्युत् व्यापारमा निजी क्षेत्रलाई लाइसेन्स दिने,

१६. निजगढ विमानस्थल सुरुङ मार्गको कामलाई गति दिने,

१७. फास्ट ट्र्याक २०८३ सम्ममा बनाइसक्ने,

१८. दुई वर्षमा सबैको घरमा बिजुली पु¥याइ सक्ने,

१९. सुकुम्वासीलाई स्थान्तरण गर्ने,

२०. जग्गाको नापी काम स्थानीय निकायलाई दिने,

२१. एक वडा, एक उत्पादन नीति ल्याउने,

२२. स्वास्थ्य बिमालाई पुनरावलोकन गर्ने,

२३. २०८० लाई नेपाल भ्रमण घोषणा गर्ने,

२४. हवाई सुरक्षामा कडाइ गर्ने,

२५. कृषि बिमाको दायरा बढाउने,

२६. १००० सार्वजनिक शौचालय बनाइने,

२७. कर्णाली र सुदूर पश्चिमलाई एयर एम्बुलेन्स सेवा दिइने,

२८. हरेक विद्यालयमा एक खेलकुद शिक्षक राखिने,

२९. सातै प्रदेशमा मेडिकल कलेजहरू स्थापना गरिने,

३०. वैदेशिक रोजगारीलाई सामाजिक सुरक्षामा जोड्ने्

३१. जग्गाको हदबन्दी पुनरावेदन गराउन ११ विधा हटाइने,

३२. सबै प्रमाणपत्रमा अनिवार्य राष्ट्रिय परिचय पत्र,

३३. स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण,

३्४. विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाइने,

३५. सरकारी कार्यालयमा विद्युतीय सवारी साधन अनिवार्य,

३६. २ वर्ष भित्र ५ लाख युवालाई रोजगारी दिने,

३७. श्रमिकको तलब स्वचालित बढाउने,

३८. नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने,

३९. संकमणकालीन न्याय २ वर्ष भित्र टुङ्ग्याउने,

४०. तरलताको सङ्कुचन र उच्च ब्याजदरलाई सम्बोधन गरिने,

४१. सिन्डिकेट र कार्टेलिङको अन्त्य गरिने,

४२. ढुङ्गा, गिटी, बालुवा निर्यात गर्ने तर नदी दोहन रोक्ने,

४३. शिक्षालाई विशेष महत्त्व दिने,

४४. सामूहिक खेतीलाई प्रोत्साहन दिने,

National life Banner
Dhulikhel Eco Resort 1200*100