GBIME

सहकारीको रकम हिनामिना गरेर फरार मेयर पार्टीबाट निलम्बित

2.2K
shares

काठमाडौं, ११ जेठ । सहकारीबाट सर्वसाधारणको रकम हिनामिना गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ । एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका उनले २ वटा छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

बुधबार एमालेका प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको जानकारि दिएको हो ।

विज्ञप्तीमा लेखिएको छ,‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’ ।

उनीसहित इमेज सहकारीका पदाधिकारी बचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।