GBIME

घटना पछि एनएमबि बैंकले जारी गर्याे विज्ञप्ति, मानवीय क्षति भएन

768
shares

काठमाडौँ, १६ जेठ । एनएमबि बैंकको बर्दिबास शाखा लुटिएको छ । दिउसो १२ :२५को समयमा पेस्तोलधारी ३ /४ जनाको अज्ञात समूहले बैंक लुटेका हुन् ।

लुटेराले हातमा पेस्तोल बोकेर कर्मचारी लाई धम्क्याउँदै काउन्टरबाट पैसा पोका पारेर हिँडेका थिए । उक्त घटना बैंकको सिसिटिभी फुटेजमा प्रस्ट देखिएको छ । अज्ञात लुटेरा समूहले सामान्य कालो मास्कले मुख छोपेका थिए ।

उक्त घटना घटे लगत्तै बैंकले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा लुटेरा समूहलाई आवश्यक कानुनी कारबाही गर्न बैंकले सम्बन्धित निकायमा अनुरोध गरिसकेको जनाएको छ ।

बैंकले घटनाबाट कसैलाई कुनै चोटपटक नलागेको ब्यहोरा समेत विज्ञप्तिमा उल्लेख गरेको  छ ।

Follow Up

लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकको अनुरोध

लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकको अनुरोध