Nepal Life Banner (End Date 5 Magh 2081)

जटिल परिस्थितिका कारण कर्मचारीको सेवा सुविधा बढाउन सकेनौं : अर्थमन्त्री महत

2.93K
shares

काठमाडौं, ३१ भदौ । अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्र सहज नभएकाले सरकारी कर्मचारीको सेवा सुविधा बढाउन नसकिएको प्रष्टिकरण दिएका छन् । आईतबार काठमाडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशमा अर्थतन्त्र सहज अवस्थामा नभएकोले भत्तालगायतका सेवा सुविधाहरु नदिने निर्णय गर्नु परेको प्रष्टिकरण दिएका हुन् ।

‘कोषमा कार्यरत कर्मचारिहरुको सुरक्षा सेवाको कुराहरुमा समय समयमा अर्थमन्त्रालयको तर्फबाट दिनु पर्ने अनुमती छ । सेवासुविधा वृद्धिका कुराहरु छ त्यसप्रति अर्थमन्त्रालय सकारात्मक छ । ’ उनले भने ।
उनले कर्मचारीहरुको सुरक्षा र सेवाको लागि अर्थमन्त्रालय सकारात्मक रहेको बताए ।

देश विकास, सुशासन र रुपान्तरणमा सञ्चय कोषको महत्वपूर्ण भुमिकाको अपेक्षा गरेको उनको भनाई छ ।