GBIME

सिभिल मलमा एक हजारको सामान किन्नेलाई कार उपहार

6.39K
shares

काठमाडौं, १ असाेज । भदौ सकिँदै गर्दा क्यालेण्डरका पानामा रातो अक्षर बढी नै देखिन्छ । असोज १ गते नै हिन्दु महिलाको महत्वपूर्ण पर्व तीज परेको छ भने अन्य ठुला चाड, दशै, तिहार र छठ नजिकिँदै छ । ठूला चाड पर्व नजिकिएसँगै बजारमा चहल पहल समेत बढ्ने भएकाले बजार छेकोमा व्यवसायी आशावादी भएका छन् । ठाउँ ठाउँमा विभिन्न छुटसहित व्यवसायीले ब्राण्डेड सामान सस्तो मुल्यमा बिक्रीमा राख्न थालिसकेका छन् । सेल लागेको पसल कबलमा ग्राहकको भिड व्यापक देखिए पनि व्यापार आशातीत नभएको व्यवसायीको भनाई छ ।

सिभिल मलमा लागेको समर मेलामा ग्राहकको भिड लोभलाग्दो छ । सेलमा सस्तोमा ब्राण्डेड सामग्री पाइए पनि ग्राहकको भिड अनुसार व्यापार नभएको व्यवसायीको भनाई छ । तैपनि उनीहरु निराश छैनन् । अब क्रमश व्यवसाय बढ्नेमा आशावादी छन् । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरे कोभिडको असर अझै कायम रहेको बताउदै ग्राहकलाई लक्षित गरेर आकर्षक योजना ल्याएको बताउछन् । उनको भनाई अनुसार यसपाली दशैंमा सिभिल मलमा एक हजार भन्दा बढीको सामान खरिद गर्नेले कार उपहार पाउने छन् ‘हामीले सिभिल मलमा आउने ग्राहकलाई उपहारको व्यवस्था त यस अघि पनि गरेका थियौं । यसपाली उपहारको रुपमा इलेक्ट्रिक कार उपलब्ध गराउने विषयमा योजना बनाउदै छौं ।’ उनले भने ।

सिभिल मलमा पार्किङ सित्तैमा : रत्न घिमिरे, अध्यक्ष, सिभिल मल व्यापार संघ

सिभिल मलको बारेमा गुनासो गर्ने ठाउँ हामीले कुनै ग्राहकलाई दिएका छैनौं । यहाँ सबै वर्गका व्यक्तिलाई हुने खालका पसलहरु छन् । त्यसकारण यहाँ आउने ग्राहकले गुनासो गर्ने ठावै पाउदैनन् । काठमाडौंका कतिपय ठाउँमा पार्किङको समस्या छ । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । हाम्रा ग्राहकहरुले सित्तैमा पार्किङ गर्न पाउछन् ।

हाम्रोमा वर्षमा दुई पटक सेल लाग्छ । समर र वीन्टर । अहिले समर सेल लागेको हो । यो सेलमा राम्रा राम्रा सामान व्यवसायीले आधा मुल्यमा उपलब्ध गराउदै आएका छन् । यतिसम्म कि कतिपय सामग्री व्यवसायीले किनेको भन्दा पनि सस्तो दाममा उपलब्ध गराउदै आएका छन् । उपभोक्ता र पसल सञ्चालक दुबै पक्षको हितमा हुने गरी यो काम गरिएको हो । यसपाली दशैंमा हामी आकर्षक उपहार लिएर आउदै छौं । हजार भन्दा बढीको सामान किन्ने जोसुकैले कुपन भर्न पाउनुहुन्छ । कुपल भर्ने मध्ये एकजना भाग्यशाली ग्राहकलाई इलेक्ट्रिक कार दिने विषयमा योजना बनाउदै छौं ।

सेलमा पनि बार्गेनिङ : यमुना श्रेष्ठ, व्यवसायी

१४ वर्षदेखी म यहि व्यवसाय गर्दैछु । अहिले जस्तो संकट पहिला कहिल्यै आएको थिएन । कोभिडपछि हामी व्यापार व्यवसाय गर्नेहरु मारमा छौँ । अहिले हामी माथीको ब्राण्डेड सामान तल राखेर सेल गर्दै छौं । यहाँ सिनेमा हल पनि भएकाले ग्राहकको फ्लो राम्रो छ तर, पहिला जस्तो व्यापार छैन, शायद उपभोक्ताको रोजाईका स्थान धेरै भएकाले पनि होला । आर्थिक मन्दिको प्रभाव पनि हो ।

यो सेलमा हामीले ब्राण्डेड सामान आधा मुल्यमा दिइरहेका र्छौ । त्यती हुँदा पनि कतिपय ग्राहकहरु बार्गेनिङ गर्नु हुन्छ । सेलमा पनि बार्गेनिङ हुन थालेको छ तैपनि हामी खुसी छौं । कम्तिमा ग्राहक आउनु भएको छ । तपाईले नोटिस गर्नुपर्ने कुरा के हो भने यसपाली हामीले निकै सस्तोमा राम्रो सामान दिएका छौं । न्युनतम नाफा राखेर सामान दिँदै छौं ।

देशकै अर्थतन्त्र धारासायी भएकाले पनि होला व्यापार कमजोर भएको । कोभिड अन्त्यपछि तुलनात्मक रुपमा राम्रो छ । सुधारोन्मुख छ । नयाँ सरकार आएपछि केही सुधार भएको छ । हामी आशावादी छौं । काठमाडौंका मेयर बालेनले फूटपाथ हटाएपछि व्यापार बढ्छ कि भन्ने लागेको थियो तर, त्यसको प्रभाव परेन । फूटपाथमा किन्ने र मलमा किन्ने ग्राहक फरह हुँदा रहेछन् ।

आधा मुल्यमा सामान दिइरहेका छौं : केशब बुढाथोकी, व्यवसायी

सिभिल मलमा लागेको मेला असोज ११ गतेसम्म जारी रहन्छ । पछिल्लो केही महिना यता व्यापार कम भएकाले अहिले हामीले अरु बेला पर्ने भन्दा आधा मुल्यमा सामान दिइरहेका छौं ।

व्यापार कम हुनुमा आर्थिक मन्दी त हो नै मुल्य बृद्धिले पनि असर पारेको छ । हरेक वस्तुमा मुल्य बृद्धि हुनु र ग्राहकको क्रय क्षमता घट्नुले पनि व्यापार कम भएको महुस् गरेका छौं ।

हाम्रोमा करसम्बन्धी नितीहरु अझै अस्पष्ट भएकाले पनि समस्या छ । करसम्बन्धि निती बनाउन जरुरी छ । यस्तो अवस्थामा सरकारले राहतको प्याकेज ल्याउन जरुरी छ ।

तस्विर : उज्जल पाैडेल

Dhulikhel Eco Resort 1200*100