बीमा समिति कडा भए मर्जर संख्या बढ्ने, त्रसित छन् कम्पनी र कर्मचारी

8.23K
shares

बीमा समितिले चैत्र ११ गते एक वर्षको समय दिएर नन् लाईफ लाई २५० करोड र लाईफ इन्स्योरेन्सलाई ५०० करोड पूँजी पु¥याउन निर्देशन दियो । २०६४÷०६५ मा १०० करोड र २०० करोड पु¥याइएको चुक्ता पूँजी बल्ल बल्ल पु¥याएका कम्पनीहरुलाई एकाएक १५० प्रतिशत पूँजी बृद्धि सहज छैन । बीमा समितिका अध्यक्षको एक वर्ष भित्र जसरी पनि पूँजी प¥याउनु पर्ने दवावमूलक अभिव्यक्ति र कर्यकारी निर्देशकको हकप्रदबाट नभई मर्जरबाट पु¥याउनु पर्ने सार्वजनिक भनाईले ३९ वटै बीमा कम्पनीलाई टाउको दुखाई भएको छ ।

बीमा कम्पनीमा पहिलो बिग मर्जर : प्राइमको नेतृत्वमा अगाडि बढ्यो छलफल

साविक चुक्ता पूँजी बराबर ब्यापार हुन नसक्नु, बैंक मुद्दति व्याज भन्दा न्यून लाभांशको अवस्था हुनु, कर्मचारीमा कामै नगरी सुविधा र पद खोज्ने प्रवृति बढ्दै जानु तथा जसरी पनि व्यापार र लाभांश बढाउनु पर्ने संचालक समितिको निरन्तरको दवावले कार्यकारी प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतको पद निल्नु न ओकल्नुको अवस्थामा पु¥याएको छ ।

एक वर्ष भित्र हकप्रद वा मर्जरबाट भए पनि २५० र ५०० करोड चुक्ता पूँजी पु¥याउन संभव नै छैन । वर्तमानको तरलता समस्याको कारण अप्रत्यक्ष रुपमा बैंकबाट भए पनि कर्जा लिई हकप्रद भर्न गाह्रो हुने अवस्था छ । आफ्नै कानुनी श्रोत भएको र कर तिरेको आयश्रोतबाट हकप्रद लिन सकिने व्यवस्थामा बीमा समितिले कडाई गरेमा हकप्रदमा रकम जम्मा गर्न असम्भव छ ।त्यसैगरी अर्को विकल्प मर्जर पनि सहज देखिदैन् ।

बैंकिङ क्षेत्रमा फाइनान्स र विकास बैको संख्या ८०/९० को संख्यामा भएकोले वाणिज्य बैंक र विकास बैंकहरुलाई मर्जरको लागि विकल्प धेरै थियो र मर्जर संभव पनि भयो। तर बीमामा सो बमोजिमको संख्या र वातावरण पनि देखिदैन । बीमा कम्पनी चलाउन गाह्रो हुने अवस्था, लाभांश दिन नसक्ने स्थिति, दक्ष जनशक्ति र कुशल व्यवस्थापन नभएको अवस्था बढ्दै जाँदा मर्जरको लागि बीमा समिति कडा रुपमा प्रस्तुत भएमा आशातित मर्जर हुने संभावना बढ्दै जाने देखिन्छ । हालै चर्चामा आएको प्राईम लाईफ इन्स्योरेन्सले गुरास लाईफ इन्स्योरेन्स र यूनियन लाईफ इन्स्योरेन्सलाई मर्जरमा लिने गरी ड्यू डेलिजेन्स अडिट भइरहेको समाचारले पनि यो संभावनालाई पुष्टी गरेको छ ।

पुरानो कम्पनी भएर पनि गुराँस लाईफ इन्स्योरेन्सले र नयाँ भएर पनि यूनियन लाईफ इन्स्योरेन्सले राम्रो गर्न नसकेकोले नै बलियो कम्पनी प्राइम लाईफ इन्सयोरेन्समा मर्जरमा जान ईच्छा देखाएका हुन । यो मर्जरलाई बीमा समितिले पनि सकारात्मक संकेत दिएको सुनिएको छ । समग्र बीमा उद्योगमा आज सम्म मर्जर नभएकोले विरोलोको घाँटिमा कसले पहिले घन्टी बाँध्ने भन्ने अवस्था हो ।
यदी प्राईम, गुराँस र यूनियनको मर्जर सम्झौता हुन गएमा बीमा उद्योगमा अरु मर्जरको बाटो खुल्छ र अन्य कम्पनीलाई मर्जरको लागि दवाव पनि बढ्दै जाने देखिन्छ ।

अहिले बजारमा सगरमाथा जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स वा आईएइ जनरल इन्स्योरेन्स बीचमा तथा ज्योति लाईफ इन्स्योरेन्स र सुर्या लाईफ इन्स्योरेन्स, रिलायवल लाईफ इन्स्योरेन्स र आईएमई लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स वीचमा मर्जरको संभावनाको खोजी भैरहेबाट पनि अव मर्जरको समय आउने देखिन्छ । भारतको बिशाल जनसंख्या भएको देशमा २४ वटा जीवन र २३ वटा निर्जीवन बीमा कम्पनी मात्र भएको अवस्थाले पनि नेपालमा ६÷७ वटा जती निर्जीवन र ६÷७ वटा जीवन बीमा कम्पनी भए पुग्ने देखिन्छ । बीमा उद्योगमा मर्जरलाई सफल असफल बनाउने अवस्था नियामक निकाय बीमा समितिले नै श्रृजना गर्न सक्ने कुरामा दुई मत हुँदैन।

बीमामा तोकेको पूँजी २५० र ५०० करोड पु¥याउन बीमा समितिले बैशाख १० गते सम्मको लागि समय सिमा तोकेको छ । अन्तिम समय नजिक आउँदै गर्दा बीमा कम्पनीहरुमा छटपटाहट र दवाव बढ्दै गइरहेको पाईन्छ ।प्राइम, गुराँस र यूनियनको मर्जर संभावनाले अन्य कम्पनीहरु पनि मर्जरको संभावना खोज्दै छन । मर्जरको यो सम्भावना र लहर संगै यी कम्पनीमा काम गर्ने कर्मचारीहरुमा पनि आफ्नो पोजिसन र भविश्यलाई लिएर त्रास बढ्दै गइरहेको छ । मर्जर भै हाले अनावश्यक र लहडको अवस्थामा खुलेका धेरै शाखा उपशाखा बन्द हुने र खर्च कटौती गर्न कर्मचारी संख्यामा पनि भारी कटौती हुने पुरा सम्भावना छ । चाहिने भन्दा बढी कम्पनी र आवश्यकता भन्दा बढी खुलेका शाखा÷उपशाखाको कारण काम नगर्ने कर्मचारीलाई एउटाबाट अर्को कम्पनीमा सहजै जाने प्रबृतिमा नियन्त्रण हुने देखिन्छ । मर्जर पछि योग्य, लगानशिल र काम गर्ने कर्मचारीहरुलाई कम्पनीहरुले बढी सुविधा दिएर रिटेन गर्ने निश्चित छ ।तर बढी भएका तथा रिजल्ट दिन नसक्ने वा कम्पनी कम्पनी चाहार्दै हिड्ने कर्मचारीलाई पक्कै पनि हटाउने संभावना रहन्छ । यही स्थितिलाई सोचेर मर्जरको लहर संगै कर्मचारीहरुमा संभावना र त्रासको अवस्था पनि देखिदैछ ।