GBIME
Machhapuchhre

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्वारा पुँजी बजार दिग्दर्शन–लेखविशेषाङ्क (२०८०) बिमोचन कार्यक्रम सम्पन्न

276
shares
NCHL Banner

काठमाडौं, २४ कात्तिक । आज नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजी बजार दिग्दर्शन (२०८०) लेखविशेषाङ्क शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को अवसर पारेर विमोचन गरेको छ । उक्त कार्यक्रम नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यतामा नेपाल धितोपत्र बोड,खुमल्टार परिसरमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष एवं कार्यक्रम सभापति नारायण पौडेलले ‘सृजनशीलताको नमुनाको रुपमा विमोचित प्रस्तुत लेखविशेषाङ्क हामी सबैको साझा प्रयासको परिणाम रहेको र वित्तीय सचेतना अभिवृद्धिमा समेत सहयोगी प्रयास रहेको बताए । सबैकोे साथ र सहयोग पाएमा यी र यस्तै खालका प्रकाशन एवं थप सृजनशील कार्य गर्न कर्मचारी संगठन क्रियाशील रहने कुरा समेत विश्वस्त पारे ।

साथै यी पर्वका माध्यमबाट हामी कर्मचारीहरुबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना गाढा बनाउँदै बृहत्तर एकता थप सुदृढ गर्नु पर्नेमा जोड दिए । प्रमुख आतिथीको रुपमा रहेका बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजार दिग्दर्शन (२०८०) — लेखविशेषाङ्क विमोचन गर्दै संगठनका यस्ता सृजनशील कार्यको लागि संगठनका अध्यक्ष नारायण पौडेल र सिंगो नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन प्रति बधाई र शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को शुभकामना ब्यक्त गरे ।