भूकम्पपीडितका लागि गोल्डस्टारको करिब ३६ लाख बराबरको सहयोग

वि.सं.२०८० कात्तिक २६ आइतवार १२:३०
shares

काठमाडौं, २६ कात्तिक । गोल्डस्टार शुजले जाजरकोटमा भुकम्पपीडितलाई ३५ लाख ६८ हजार १५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको छ । कात्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु बनाई गएको भुकम्पमा परि ज्यान गुमाउनेलाई गोल्डस्टार शुज श्रद्धान्जली व्यक्क्त गरेको छ ।
गोल्डस्टार शुजकी कार्यकारी निर्देशक राणाले भनिन्,‘जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितहरुलाई सहयोगको हात बढाउँदै छौं । हामी प्रभावित समुदायहरुको कल्याणका लागि प्रतिबद्ध छौं र उहाँहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’
सन् १९९० मा स्थापित किरण शुज म्यानफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज नेपालको सबैभन्दा ठुलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरुलाई उचित मूल्यमा गुणस्तरिय उत्पादन प्रदान गर्न सुपरिचित छ । समयक्रममा गोल्डस्टार बजारको मागसँग आफुलाई समायोजन गर्दै आज आफुलाई फेसन ब्रान्डका रुपमा सफलतापूर्वक स्थापित गरिसकेको छ । हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको छ ।