GBIME
Machhapuchhre

तिहार पछिको पहिलो कारोबारको दिन सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

750
shares
NCHL Banner

काठमाडौं, १ मंसिर । तिहारपछिको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारअघिको कारोबारको अन्तिम दिन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको छ। तिहारअघिको कारोबारको अन्तिम दिन तेजावी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढेको छ ।तिहारअघिको कारोबारको अन्तिम दिन चाँदी १ हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो भने आज ९० रुपैयाँले बढेसँगै १ हजार ४५० रुपैयाँ पुगेको हो ।