GBIME
Machhapuchhre

अनावश्यक दबाब दिएको भन्दै आशा लघुवित्तका २ सय कर्मचारीले दिए सामुहिक राजीनामा

3.26K
shares
NCHL Banner

काठमाडौं, २ मंसिर । आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

साबिक राष्ट्र उत्थानका कर्मचारी भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन्। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका हुन्। संस्थाले उनीहरुको माग पुरा गरेमा कामलाई पुन निरन्तरता दिने उनीहरुको भनाई छ ।

शुक्रबार हेटौँडामा उपस्थित लघुवित्तका कर्मचारीहरूले संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रि प्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बाहानामा मादक पदार्थको सेवन गरी सम्पूर्ण कर्मचारीहरुमाथी अनावश्यक रूपमा नीति नियम विपरीत अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।

एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म अन्याय गरेपछि राजीनामा घोषणा गरेको उनीहरूको भनाई छ । ‘काममा अनावश्यक दबाब दिएको, साबिकको राष्ट्र उत्थान कर्मचारी नभए पनि लघुवित्तलाई फरक नपर्ने भनी धम्की पूर्ण भाषाको प्रयोग गरेकोप्रति हाम्रो घोर आपत्ति छ’ राजिनामा दिएका कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवा सुविधा समायोजन गरी हाम्रा मागहरू पुरा गरेमा कामलाई निरन्तरता दिन सकिने छ।’