कुनैपनि देश गरिबीबाट माथि उठ्न वित्तीय साक्षरता चाहिन्छ : अध्यक्ष केसी

वि.सं.२०८० मंसिर ३ आइतवार १५:०१
shares

काठमाडौं, ३ कात्तिक । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कुनै पनि देश गरिबीबाट माथि उठ्न वित्तीय साक्षरता आवश्यक रहेको बताएका छन् । केटीएम भ्वाइससँगको कुराकानीमा उनले वित्तीय साक्षरता पछिल्लो समय सर्वसाधारणका लागि आधारभुत आवश्यकता बन्दै गएको बताएका हुन् ।
‘कुनैपनि देशलाई गरिबीबाट माथि उठ्न वित्तीय साक्षरताको निकै महत्व रहेको हुन्छ ।’ उनले भने, ‘वित्तीय साक्षरता कुनै वर्ग, जाति, भाषा र उमेरमा भन्दा बाहिर गएर सबैलाई आवश्यक पर्ने कुरा हो ।’
उनले पढेलेखेको, युवा पुस्तामा वित्तीय साक्षरता आवश्यक भएको भन्दै ठुला देशहरुमा वित्तीय साक्षरताको लागि छुट्टै संस्था हुँने गरेको बताएका छन् ।
‘वित्तीय साक्षरता वृहत र महत्वपूर्ण विषय हो ।’ अध्यक्ष केसीले भने,‘वित्तीय साक्षरता भन्ने वितिकै पैसाको आम्दानी, पैसाको सदुपयोग र बचत गर्ने भन्ने शिक्ष हो, वित्तीय साक्षरता हरेक किसिमका, हरेक तप्काका मानिसलाई आवश्यक हुन्छ ।’
उनले व्यापार व्यवसाय असफल हुनुको ९५ प्रतिशत कारण पनि वित्तीय साक्षरता नभएर हुने बताएका छन् । उनले सत्य निर्णय लिन वित्तीय साक्षरताले सहयोग गर्दै समृद्धिको बाटोमा लैजाने बताएका छन् ।