जुत्ताको ब्राण्ड ‘आचार्य’ लेखिएको भन्दै प्रहरीमा उजुरी
वि.सं.२०८० मंसिर ४ सोमवार १८:३७
13.43K
shares
shares
काठमाडौं, ४ मंसिर । जुत्ताको ब्राण्डमा ‘आचार्य’ लेखिएको भन्दै प्रहरीमा उजुरी परेको छ । आचार्य थरको अपमान हुने गरी जुत्तामा थर लेखिएको भन्दै आचार्य बन्धु समाजले प्रहरीमा उजुरी दिएको हो ।
समाजका अध्यक्ष बाबुराम आचार्यका अनुसार उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दर्ता भएको छ । ब्यूरोका एसएसपी दिनेश आचार्यले उजुरीमा तोक लगाएर आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाएका छन् ।
केही दिन अघि काठमाडौंमा बसेको आचार्य समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जुत्ताको ब्राण्ड आचार्य लेखिएमा कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।