GBIME
Machhapuchhre

अब सबै एटिएम मेसिनमा सिसिटिभि अनिवार्य, रेकर्ड ९० दिनसम्म रहनुपर्ने

3.89K
shares
NCHL Banner

काठमाडौं, ४ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो एटिएम मेसिनमा अनिवार्य रुपमा सिसिटिभी क्यामेरा राख्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

भुक्तानी प्रणाली विभागले जारी गरेको एकिकृत निर्देशन अनुसार सबै मेसिनहरुमा सिसिटिभी राख्नु पर्ने र उक्त सिसिटिभीको रेकर्ड कम्तिमा ९० दिनसम्म रहनु पर्नेछ ।

सिसिटिभीमा एटिएमबाट पैसा निकाल्ने मान्छेको अनुहार स्पष्ट देखिनु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । तर, सिसिटिभी राख्दा एटिएम प्रयोगकर्ताको पिन देख्नमात्रै होइन अनुमान गर्न समेत नसक्ने गरी राख्नुपर्नेछ ।

हेर्नुस अन्य व्यवस्थाहरु :




Follow Up

डिजिटल वालेटको कारोबार सफल नभए १ दिनमै पैसा फिर्ता गर्नुपर्ने

डिजिटल वालेटको कारोबार सफल नभए १ दिनमै पैसा फिर्ता गर्नुपर्ने