GBIME
Machhapuchhre

डिजिटल वालेटको कारोबार सफल नभए १ दिनमै पैसा फिर्ता गर्नुपर्ने

4.07K
shares
NCHL Banner

काठमाडौं, ४ मंसिर । डिजिटल वालेटको कारोबार सफल नभए एकदिन मै पैसा फिर्ता गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

यो निर्देशन अनुसार मानौं, तपाईले ईसेवा नामको वालेटबाट कतै पैसा पठाउनु भयो भने कहिलेकाही कारोबार सक्सेस नहुन पनि सक्छ । यस्तो अवस्थामा पैसा फिर्ता गर्न अहिलेसम्म वालेट कम्पनीहरुले ३ देखि ५ दिनसम्म लगाउने गरेका थिए ।

अब भने एक दिनभित्रै पैसा फिर्ता गर्नु पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बताए । एउटा वालेटबाट अर्को वालेटमा पठाउदा कारोबार सक्सेस नभएको अवस्थामा २ दिन भित्र र विदेशमा भएको कारोबार भए ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यस अघि यस्तो व्सवस्था कार्डको कारोबारका लागि गरिएको थियो । कार्डको कारोबारमा गरिएको टि प्लस–१, टिप्लस–२ सिस्टम अब वालेट कम्पनीमा पनि लागू गरिने भएको हो ।




Follow Up

अब सबै एटिएम मेसिनमा सिसिटिभि अनिवार्य, रेकर्ड ९० दिनसम्म रहनुपर्ने

अब सबै एटिएम मेसिनमा सिसिटिभि अनिवार्य, रेकर्ड ९० दिनसम्म रहनुपर्ने