शेयर बजारमा सानो अंकको गिरावट, कारोबार रकममा भने केही सुधार

2.54K
shares

काठमाडौं, १८ मंसिर । साताको शेयर कारोबारको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । पछिल्लो समय शेयर बजार लगातार रुपमा ओरालो लागेको छ । आज सोमबार ३ दशमलव ४२ अंकले गिरावट आएको शेयर बजार १८४७ दशमलव ८१ विन्दुमा पुगेको छ ।

सोमबार २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो १ लाखबाट तल झरेको कारोबार रकममा भने आज केही सुधार देखिएको छ ।

त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज १ दशमलव २२ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३५३ दशमलव २१ विन्दुमा पुगेको छ ।