GBIME

‘अहिले विदेशमा कामदारको माग कम छ’

1.73K
shares

काठमाडौं । केही समय यता नेपाल बैदेशिक रोजगार व्यवसायी संघले बैदेशिक रोजगार बोर्डमा तालाबन्दी गर्ने चेतावनी सहित आन्दोलन गरिरहेको छ । संघले बैदेकिक रोजगारीका विषयमा विभिन्न माग राख्दै आन्दोलन गरिरहेको छ । किन संघले यसरी आन्दोन गरिरहेको छ ? रुस–युक्रेन जस्ता युद्धग्रस्त मुलुकमा नेपाली कामदारहरु जानुमा कस्को कम्जोरी हो ? विदेश जाने नाममा नेपाली युवाहरु किन ठगीरहेका छन् ? यस्तै जिज्ञासाहरु सहित वैदेशक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसँग गरेको कुराकानीको सम्पादित अशः

बैदेशिक रोजगार संघले किन आन्दोन गरिरहेको छ ?
बैदेशक रोजगार क्षेत्रलाई नै हामीले व्यवस्थीत गर्नुपर्छ भनेर हामीले माग राखेका हौँ । त्यसको लागि सरकारले र व्यवसायीले मिलेर काम गर्नुपर्छ भनेर माग राखेका हौँ । यो क्षेत्रलाई नै व्यवस्थीत गर्नेगरि आन्दोलनको तयारीमा छौँ । पछिल्लो समय मलेसियामा रोजगार दातालाई नै चिडियाउने गरि ४५ डलर पैसा उठाउने गरि मलेसियाको फरेन वकर्स वेलफेयर म्यानेजमेनट सेन्टर (एफडबलुडब्लुएमसी) भन्ने निजी कम्पनीसँग सम्झौता भयो । त्यो कुनै हालतमा पनि खारेज हुनुपर्छ भन्ने हाम्रो माग हो । मलेसियन र नेपाल सरकारसँग भएको सम्झौतामा तेस्तो कुनै कुरा छैन । तर बैदेशिक रोजगार बोर्डले मात्र त्यस्तो सम्झौता गरेको छ । त्यसले गर्दा कामदार पनि मार पर्ने र सिन्दिगेट पनि खडा गर्ने भएकाले त्यसको हामीले विरोध गरेका हौँ । बेर्डले काम कार्यकारी निर्देशक(टिकाराम ढकाल)लाई निर्देशन दियो । तर निर्देशकले अलिकति म्युयुज गरेर त्याहाँको निजी कम्पनीसँग सम्झौता गरेको देखियो । त्यो गलत भयो भनेर हामीले आन्दोलन गरेका हौँ ।

त्यो सम्झौताले कामदार र व्यवसायीलाई के असर पर्छ ?
प्रत्यक रोजगार दाताबाट ४५ डलर उठाउने भनेको छ । त्यो रोजगार दातालाई असर पर्यो । हामीलाई माया गरेर मलेसियन कम्पनीले कामदार मागेको होइन । हाम्रो त कामदार इमान्दार छन् भन्ने हिसावले मागेको हो । हाम्रो जस्ता मेलेसियासँग १२–१५ वटा देशहरु छन् । उनीहरुलाई आर्थिक भार थप्तै गायोभने हाम्रो देशबाट कामदार नलगेर अन्य देशबाट लग्न सक्छन् । सरकारसँग गरिएको सम्झौतामा त्यस्ता कुरा छैन । सम्झौतामा नभएपछि रोगजार दाताले त कामदारसँग लिन्छ । हामीले माग पत्र प्रमाणिगर गर्ने गरिन्छ । त्यो गर्दा त्यो संस्थासँग सम्झौता गरेर ४५ डलर तिरेपछि उनीहरुले सिफारिस गरेपछि मात्र हामीले माग माग पत्र पाउछौँ । त्यसले गर्दा उनीहरुको त्याहा सिन्दिगेट भयो । भोलिका दिनमा उनीहरुलाई मन नपरेको कम्पनीलाई प्रताव नगरिदिन पनि सक्छ । त्यसले हामीलाई पनि असर पर्न सक्छ । यदि त्यस्तो गर्यो भने त सिन्दिगेट जन्मीन्छ । त्यो सम्झौता कामदारका पक्षमा पनि छैन र रोजगार दताको पक्षमा पनि छैन । हामी व्यवसायीको पक्षमा पनि छैन । त्यो अनाआवश्यक कुरा किन लाद्न खोजेको हो हामीले त्यसमा प्रश्न गरेका हौँ ।

अलिहे समग्रमा बैदेशिक रोजगार व्यवसायीको अबस्था कस्तो छ ?
अहिले दैनिक रुपमा यहाँका रोगजार दताले कमादारहरु कटौति गरिरहेको अबस्था छ । कामदारले पनि रोजगारी गुमाएको अबस्था छ । विश्वको अर्थतन्त्र पनि खुम्चिएको अबस्था छ । यस्तो अबस्थामा वैदेशिक रोजगारमा जानेको अर्कषण बढ्छ । फेरी स्वदेशमा कमाई र अबसरको हिसावले पनि राम्रा कमाइहरु विदेशमा नै हुने गर्छ । विदेशमा जोनेको अर्कषण बढ्दो छ । तर, पहिला जस्तो विदेशमा कामदारको माग कम छ । हाम्रा झझटिला प्रक्रिया, नयाँ देशको माग प्रमाणिकरण व्यवस्था भनएको अबस्थामा हामीलाई पनि गारो परेको छ । हामीले संस्थागत रुपमा ११० वटा देशहरुमा कामदार पठाईरहेका छौँ । त्यसमध्ये ८–९ वटा देशमा मात्र दुतावास छन् । अन्य देशहरुमा दुतावास छैन । त्यसले गर्दा प्रमाणिकरण भएका छैनन् । त्यसले गर्दा अन्य चोर बाटोबाट जाने क्रम बढेको छ । हामीसँग नीति प्रष्ट छैन । त्यसले गर्दा पनि कतिपय राम्रा रोजगारीका अबसरहरु गुमिरहेको अबस्था छ ।

दैनिक रुपमा मेनपावरबाट ठगीएको घट्नाहरु पनि आउने गरेका छन् । यस्तो किन हुन्छ ?
सम्झौता गरेर गएको छ भने त्यसमा मेनपावर व्यवसायी जिम्मेवार हुन्छ । यदि अन्तराष्ट्रिय रुपमा नै परिस्थिति भयाभह भयो, आर्थिक मन्दी वा अन्य कुनै समस्या आयो भने हामीले सरकार, विभिन्न अन्तराष्ट्रिय संस्थाहरुसँग समन्यव गरेर कामदारको उद्धार गछौँ । सामान्य अबस्थामा हामी व्यवसायीले सम्झौता गरेर पठाएपछि त्यसको जिम्मेवार हामी लिन्छौँ । भिजिट भिसा र व्यक्तिगत भिसामा जनोको कारण व्यथिति बढीरहेको छ । त्यसले गर्दा अन्य देशहरुमा सम्झौता नहुने, विजोक पर्ने कुराहरु आउछ । त्यसको दोस चै हामीलाई आइरहेको छ । त्यस कारण हामी के भन्छौँ भने संस्थागत रुपमा पठाउ भन्ने हो । हामी व्यवसायीले सम्बन्धन लिएर पठाएका कामदारको जिम्म हामी लिन्छौँ ।

रुस, युक्रेन जस्ता युद्धग्रस्त देशहरुमा नेपालीहरु गएर मृत्यु सम्म भोग्नु परेको छ । यो रोक्न नसक्नु कस्को कम्जोरी हो ?
यो भनेको भिजिट भिसाको कम्जोरी देखिन्छ । हामीले त विगत देखिकै भन्दै आएका छौँ भिजिट भिसामा जाने मान्छेको पहिचान गरौँ भनेर । के कामको लागि भिजिट भिजामा जान लागेको हो त्यो प्रष्ट भएर जान दियौँ । जो पायो त्यहीलाई भिजिट भिसामा जान न रोकौँ भन्ने हो । पछिल्लो २ वर्षमा हेर्ने हो भने पनि साडे २ लाख भन्दा माथि मान्छे भिजिट भिसामा बाहिर गएको देखिन्छ । त्यसरी जाने मान्छेहरु हामीले पठाएको हैन । त्यो भनेको विचौलिया तस्करहरुले पठाएका हुन् । त्यो चै दुवै, बैंककबाट च्यानलाइज भएर विभिन्न देश जाने गरेको देखिएको छ । त्यो सम्रचना सरकारले पनि बन्द गर्नुपर्छ । हामीले व्यवसायी मार्फत गएको भए यो कम्पनीमा यसरी गएका छन् भनेर ट्राक गर्न सकिन्थ्यो । केही भईहाले पनि हामी खोजिनिति गथ्यौँ । तर, घुम्न गएको भिजा छ । सरकारसँग पनि रेकर्ड छैन । अनि विभिन्न प्रलोभनमा परेर रुस, युक्रेन जस्ता पठाइएको छ । त्याहाँ पुगेको पनि रेकर्ड छैन । त्यसले गर्दा सरकारले पनि उद्धार गर्ने नसक्ने अबस्था छ । त्यहा कम्जोरी जनचेताना र नीतिका कारणले गर्दा भएका छन् । व्यवसायीलाई जिम्मेवार बनाएर धेरै भन्दा धेरै देशमा पठाउन बाटो खोल्नु पर्छ । त्यसको सम्पूर्ण जिम्मा हामी लिन्छौँ ।

तपाईको भनाई भिजिड भिजामा कडाई गर्नुपर्छ भन्ने छ । तर नीति बनाउने राजनितिज्ञ नेताहरु कामदारको लागि भिजिड भिजा सजिलो बनाउनु पर्छ भन्छन् नि ? त्यसको पछिल्लो उदाहरणको रुपमा राप्रपाका राजेन्द्र लिङ्देलले भनेका थिए ।
त्यो उहाँको गम्भिर त्रुटी हो । त्यो उहाँले नबुझेर हो । फेरी भिजिट भिसाबाट काम गर्ने पाईने हो भने किन राज्य चाहियो । आफ्नै हिसावले विश्वभर गईहाल्थे नि । भिजिट भिसामा जाने भनेको केही दिनको लागि निस्चित कामको लागि जाने हो । त्यो भनेको मनोराञ्जनको लागि हुन्छ होला, केही व्यवसाय गर्नेका लागि हुन्छ होला । त्यसको प्रपोज नै फरक हो । काम गर्ने जाने भनेको स्वीकृती अनुमति लिएर जानु पर्छ । त्यसको लागि सरकार वा व्यवसायको तर्फबाट जानु पर्छ । भिजिट भिसामा गएर त्याहा गएर काम गर्दा त्यो खतरा पनि हुन सक्छ । उहाँले नबुझेर भन्नु भएको हुन सक्छ ।

अन्तमा केही भन्न चाहानु हुन्छ ?
भिजिट भिजामा जानेलाई व्यवस्थित बनाउनु पर्यो । काममा जानेलाई सवै देशमा प्रमाणिकरण गर्ने व्यवस्था मिलाउनु पर्छ । युरोपका देशहरुको पनि हामीले माग ल्याएका छौँ । त्यस्तो ठाउँमा व्यवस्थित तरिकाले जाने व्यवस्था मिलाउनु पर्छ । हामीले सबै जिम्मा लिएर व्यवस्थित तरिकाले हामी कामदार पठाउन तयार छौँ । बैदेशिक रोजगारमा देखिएको बेतिथिहरुमा सरकार र व्यवसायी मिलेर अन्त्य गर्नुपर्छ । सरकारले पनि व्यवसायीको अनुभव र कुराहरु सुनेर नीति नियम बनाउनु पर्छ । सरकार र व्यवसाय मिलेर कामदारको सुरक्षित गन्तव्यको लागि लाग्नु पर्छ ।

Premier Steel Banner