‘अहिले ९ देखि १२ सम्म सौन्दर्यकला विषयमा अध्ययन हुन्छ, मेरो इच्छा विद्यावारीधिसम्म अध्ययन गराउने छ’

7.68K
shares

काठमाडौं, १२ माघ । अहिले सौन्दर्यकला(विउटिसियन)को विषयमा ९ देखि १२ सम्म सौन्दर्यशास्त्र भन्ने पाठ्यक्रममा समावेस भएर अध्ययन हुन्छ । २ वर्ष अगाडि देखि सुरु भएको सौन्दर्यशास्त्र अहिले काठमाडौंका केही विद्यालयहरुमा अध्ययन हुन्छ । तर, सौन्दर्यशास्त्र अध्ययन कसरी सुरु भयो ? के यो क्षेत्रमा पनि भविश्य छ ? सौन्दर्यशास्त्रलाई पाठ्यक्रममा समावेस गर्ने कति सहज र कति असहज भएको थियो ? भन्ने विषयमा रहेर केटिएम भ्वाइसकर्मी रमेश पौडेलले सौन्दर्यकला व्यबसायी संघ नेपालकी अध्यक्ष  तथा उद्योग वाणिज्य महासंघकी महिला उद्यमी सभापति कमला श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

सौन्दर्यकला व्यवसायी संघ कस्तो संघ हो ? यसले कस्तो काम गर्छ ?
सौन्दयर्यकला व्यावसायमा आवद्ध भएकालाई देशभरी र विदेशमा समेत रहेका व्यक्तिलाई संगठित गर्ने उद्देश्यले २०६४ सालमा दर्ता संस्था हो सौन्दर्यकला व्यवसायी संघ । मुलत हामीले यो व्यावसायलाई मर्यादित बनाउने, अगाडि बढाउने उद्देश्यले नै यो सुरुवात गरेका हौँ । अहिले हाम्रो ६० वटा जिल्लामा ब्रान्च छ । सवै ठाउँमा विज्ञहरुले काम गरिरहनु भएको छ । ५ हजार भन्दा बढी व्यक्तिहरु संघमा आवद्ध हुनुहुन्छ ।

संघ अहिलेको अवस्थासम्म कसरी आईपुग्यो ? त्यसको बारेमा बताईदिनुस् न ।
त्यसबेला ५ वटा विकासक्षेत्र भन्ने थियो । त्याहाँ हाम्रा थुप्रै व्यवसायी साथिहरु छरिएर बसेका थिए । देशभर गएर उनीहिलाई एक ठाउँमा ल्याउनु पक्कैपनि चुनौति नै थियो । मैले नै ३ महिनाको अवधिमा ३५ वटा जति जिल्लाका व्यक्तिलाई संगठित बनाएर सुरु गरेको संघ हो । त्यही क्रममा उद्योग वाणिज्य महासंघमा हामीले बस्तुगत संघको रुपमा दर्ता गराउन सफल भयौँ । तर महासंघमा दर्ता गराउन निकै प्रक्रियाहरु चाहिने रहेछ । करोडौँम्मको कारोबार गरेको हुनुपर्नेलगायतको प्रक्रिया थियो । तर नयाँ आएको व्यावसाय भएकाले पछि भविश्यमा यो ठूलो हुँदै जान्छ भनेपछि हामीलाई बस्तुगतको मान्यता दिईयो । महासंघमा हामीले एउटा ठूलो प्लेटफर्म पायौँ । त्याहाँ टेकेर सौन्दर्य व्यवसायीको हक हितको लागि, उद्यमी बनाउन, व्यवस्थित बनाउन निकै सजिलो भयो ।

संघले अहिलेसम्म के कस्ता कामहरु गरेको छ ?
मैले व्यवसय सुरु गर्दा काठमाडौंमा ५–७ वटा मात्र पार्लर थिए । भक्तपुरमा त एउटा पनि थिएन । मैले भक्तपुरमा सुरु गर्दा र अहिलेको अबस्थामा आकाश जमिनको फरक छ । पछिल्लो समय यो व्यवसाय प्रति आर्कषण बढ्दो देखिन्छ । यो क्षेत्रमा कमाइको हिसावले पनि स्कोपको हिसावले पनि राम्रो भएकाले यो क्षेत्रमा लाग्नेको संख्या बढ्दो छ । हामीले सौन्दर्यकला व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्छ भनेर धेरै संर्घष गरेपछि सेवा मुलक उद्योग भनेर सरकारले मान्यता दियो । यो भ्याटमा अनिर्वाय जनुपर्ने भन्ने थियो । त्यसमा पनि हामीले नै विभिन्न निकायसँग छलफल गरेर प्यानमा कारोबार गर्ने बनायौँ । सौन्दर्यशास्त्र भनेर २०७१ साल देखि पाठ्क्रममा समावेस गर्ने धेरै लागि परियो । २ वर्षअधि देखि कक्षा ९ देखि १२ कक्षा सम्म ऐच्छिक विषयमा पढाई हुन्छ । ४५ मिनेटको कक्षा हुन्छ । त्यहाँ विज्ञ गएर कक्षा दिने गरिएको छ । यो ५० अंकको प्रयोगात्मक र ५० अंकको लिखित हुन्छ । विशेषगरी काठमाडौं महानगरमा मेयर बालेनले बुक फ्रि भनेर शुक्रबार सौन्दर्यको पनि पढाई हुन्छ । यो सुरुमा काठमाडौंको पद्यमकन्या माद्यामिक विद्यालयमा सुरु गरेका हो ।

अहिले सौन्दर्यशास्त्र पढ्ने विद्यार्थिको प्रतिक्रीया कस्तो छ ?
भर्खरै पढ्दै गरेका विद्यार्थिले पनि कमाउन थालिसकेका छन् । आफ्नो पकेट खर्च उनीहरुले आफै कमाउन थालेका छन् । काठमाडौंका मेयर बेलन ज्युले विद्यार्थिलाई सोध्नु भएको थियो ‘यो तिमीहरुले किन पढेको ?’ भनेर । विद्यार्थिले त हामीले अहिले नै कमाउन थालिसेका छौँ सर भनेका थिए । किनकी उनीहरुले घरका वा छिमेका कसैको थ्रेडिङ गरेको पनि ५–७ सय पैसा लिन थालिसकेका थिए । सामान्य फेसियल गरेर पनि उनीहरुले आफ्नो पकेट खर्च कमाउन थालेका छन् ।

सौन्दैर्यकला व्यवसायीको अबस्था कस्तो छ ?
अहिले धेरै व्यवसायी साथिहरु भएर अस्वस्थ प्रतिस्पर्धा जस्तो पनि देखिएको छ । कमाईको हिसावले पनि अहिले मन्दि नै छ । तरपनि राम्रो रोजिरोटीका रुपमा लिने गरेका छन् ।

तपाईको विचारमा यो व्यावसायलाई अझ राम्रो गर्ने के गर्नु पर्ला ?
अहिले धेरै जसो केटाहरुको कपाल काट्ने भारतबाट आएका व्यक्तिहरुले गर्ने गरेका छन् । नेपालमा आएर थुप्रैले सैलुनहरु सञ्चालन गरेको अवस्था छ । त्यो पनि अब नेपालीले दिदिभाई दाजु बहिनीले नै गर्नु पर्छ । भारतिहरुले नेपाल थुप्रै पैसा आफ्नो देश लग्ने गरेका छन् । मैले जेन्सहरुको हेयर कट गर्ने तालिम भनेर एउटा ठूलो अभियान पनि सुरु गरेको थिए । कोरोना महामारीले गर्दा हामीलाई केही समस्या पर्यो । केटिहरुको कपाल काट्ने त नेपालीहरु नै छन् तर केटाहरुको काट्नै कम छन् । त्यो पनि अब नेपाली नै हुनुपर्छ । म त्यो अभियानमा लागेको छु । पछिल्लो समय पढेलेखेका युवाहरुको पनि सहभागिता बड्न थालेको छ । त्यसले थप हौससला मिलेको छ ।

सौन्दैर्यकला व्यावसायीले कस्तो समस्या भोगिरहेका छन् ?
सबैभन्दा समस्या त कोरोनाको बेला परेको थियो । सबैभन्दा छिटो बन्द गर्ने अनि सबैभन्दा ढिलो खुलेर । हाम्रो संघले मन्त्री सचिवहरुसँग कुरा राखेर मैले खुलाउन सफल भए । त्यतिबेला भएको घाटालाई मेकब गर्ने समय लाग्छ । त्यसबेला भाडा मात्र तिरेर केही काम नगरि बसिरहेको अवस्था थियो । हामीले कस्मेटिकको बजार पनि प्रवद्धन गरेका छौँ । तर त्याहा नक्कली सामानहरु आउने गरेर सौन्दैर्यकला व्यवसायीलाई समस्या परेको छ । व्यवसायीले पनि प्रोफेस्नल भन्दा पनि छिटो छरितो गर्ने गरेकाले अलिक समस्या देखा परेको छ । सरकारबाट दिने सोवा सुविधा त कहिले पनि केही छैन । प्रत्यक कुरामा भ्याट ट्याक्सहरु बढाएको बढाई छ । ऋण लिएर व्यावसाय गर्ने खोज्नेका लागि पनि सजिलो तरिकाले ऋण पाएका छैनन् ।

सरकारले महिला उद्यमीको लागि भनेर ऋण दिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि महिला उद्यामीलाई ऋण छुट्याएका छन् । कर्जा कतिको पाईरहेका छन् ?
बैंकहरुले पनि नाममा मात्र छुट्याउने गरेका छन् । विना धितो कर्जा दिने भनेर पनि सरकारका मन्त्रिहरु देखि अन्य व्यक्तिले पनि बोलेर हिड्ने गरेका छन् । तर, पाएका चै छैनन् । महिला उद्यमीको कर्जा लिएर कतिले लाभ उठाए भन्ने डाटा हामीसँग छैन । जसलाई आवश्यकता हो उसले पाएका छैनन् । जसलाई कर्जा नभए पनि हुन्छ उसले पाएर त के भयो र ?

अन्तमा सौन्दैर्यकला व्यवसायी र आम पाठमलाई के भन्न चाहानु हुन्छ ?
आफुले अनेक दुख गरेर यो लेभलमा ल्याएकोमा माया लाग्छ । सौन्दैर्यकला व्यावसायलाई अगालेर अगाडि बढेका व्यक्तिहरु देखेर खुशि लाग्छ । बाहिर पढ्न मात्र जादा पनि यो व्यावसया सिकेर जाने गरेका हुन्छन् । त्यसरी हेर्दा यो व्यावसया पनि प्रायटीमा परेकोमा खुशि लाग्छ । व्यवसायीले क्वालिटीमा जोड गर्नुस् । यसको विषयमा अध्ययन गरौँ । अस्वस्थ प्रतिस्पर्धा नगरौँ । आफुलाई व्यावसायीक हिसावले अगाडि बढ्न संगठित हौँ । एक्लो बृहस्पतिले केही चल्दैन संगठन ठूलो कुरा हो । मैल एक किसिमको गोरेटो बनाएको छु त्यसलाई एउटा मुकाममा पुराऔँ । जताभावि भएर बद्नाम नहुनु । यो व्यावसायको हेराई र सोचाईलाई परिवर्तन गर्नु पर्छ । मेरो अन्तिम इच्छा भनेको सौन्दैर्यकला व्यावसायलाई मास्टर, विद्यावारीधि (पिएच्डी)सम्म गराउने भन्ने हो । त्यसको लागि म लागिरहेको छु । यो अभियानमा सबैले साथ सहयोग गर्नुहोला भन्न चाहान्छु ।