हाम्रो देशको सम्पति दक्ष जनशक्ति पनि हो : अध्यक्ष पौड्याल
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०८० माघ ११ बिहीवार १९:०६
shares
![image image](https://i0.wp.com/www.ktmvoice.com/wp-content/uploads/2024/01/nabil-paudyal.jpg?fit=1250%2C798&ssl=1)
काठमाडौं, ११ माघ । हाम्रो देशको सम्पति भनेको दक्ष जनशक्ति भएको नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बताएका छन् । अध्यक्ष पौड्यालले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजनाको शुभारम्भ कार्याक्रममा बोल्दै देशको सम्पती दक्ष जनशक्ति भएको बताए ।
‘पहिले म हाम्रो देशको सम्पती हाइड्रोपावर हो, सेवा मुलक व्यावसाय हो भन्ने गर्थे’, पौड्यालले भने, ‘तर, अहिले हाम्रो सम्पति भनेको दक्ष जनशक्ति हो ।’
हाम्रो देशको सस्कृति र दक्ष जनशक्ति नै अन्य देशको तुलनामा ठूलो सम्मपति भएको अध्यक्ष पौड्यालको भनाई थियो । आफ्नो देशमा एउटा सानो काम पनि नगरेको व्यक्ति विदेश गएर दक्ष जनशक्ति बनेर आएको पौड्यालको भनाई छ ।
‘विदेशमा गएर काम गरेका व्यक्तिले स्किल लिएर आएका छन् । त्यो हाम्रो देशको लागि धेरै ठूलो सम्पति भएको छ’, पौड्यालले भने, ‘अब हामीले उनीहरुलाई मेन स्टिम(मुख्य भाग)मा ल्याएर उनीहरुको मात्र होईन देशको पनि विकास गछौँ ।’
नबिल बैंकले दक्ष प्रवासी उद्यमशीलाई लक्षित गरेर १.५ प्रतिशत ब्याजदरमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ बिहिबार बाट सुरु गरेको छ ।
वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको अध्यक्ष पौडेलको भनाई छ ।
बैंकले न्यूनतम १५ लाख रुपियाँदेखि १० करोड रुपियाँसम्मका ऋण दिने भएको छ ।
यसैगरी, बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपियाँको कर्जा समेत प्रदान गर्नेछ । नबिल बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख देखि १ करोड रुपियाँसम्म कर्जा दिने योजना ल्याएको हो ।