Nepal Life Banner (End Date 5 Magh 2081)

वितरणयोग्य मूनाफामा बैंकहरुको हरिविजोग, अर्बौ लगानी गर्ने लगानीकर्ता निराश

5.79K
shares

काठमाडौं, १० माघ । हरेक तीन–तीन महिनामा बैंकहरुले कति कमाए ? भन्ने समाचारहरु आउछन् । पछिल्लो पटक चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुको वित्तीय विवरण पनि सार्वजनिक भएका छन् । केही बैंकहरुले कमाएको रकम सञ्चारमाध्यमका ठूला हेडलाइन बनेका छन् ।

यसले आम सर्वसाधारणमा एउटा भ्रम परेको छ, यस्तो संकटका बेला पनि बैंकहरुले त कमाएकै रहेछन् त ! बैंकहरुले अर्ब रुपैयाँ कमाएको हेडलाइन पढेर उत्साहित हुनु अगाडि त्यो बैंकले कति लगानी गरेर कति कमाएको छ ? भन्ने कुरा बुझ्नु पर्छ । जबकी बैंकहरुको अवस्था यतिबेला सहज देखिएको छैन । अधिकांश बैंकहरुको वितरण योग्य मूनाफा नकरात्मक छ । अर्थात, अर्बौ लगानी गरेका बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफलको अवस्था भने नाजुक छ ।

चालु आर्थिक वर्षको ६ महिनामा २० वाणिज्य बैंकमध्ये ८ बैंकको वितरणयोग्य मूनाफामात्रै सकारात्मक छ । अर्थात, ६० प्रतिशत बैंकको वितरण योग्य मूनाफा घटेको छ । समग्रमा २० वाणिज्य बैंकको वितरणयोग्य नाफा १० अर्ब १३ करोड ३६ लाख ४२ हजार रुपैयाँ ऋणात्मक हरेको छ । गत आवको पुस मसान्तसम्मको तुलनामा २० वाणिज्य बैंकको वितरणयोग्य नाफा १५२.८९ प्रतिशत अर्थात २९ अर्ब २९ करोड ५० लाख १२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको पुस मसान्त सम्ममा १९ अर्ब १६ करोड १३ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएका थिए ।

यो वर्ष वितरयोग्य नाफा सबैभन्दा बढी एभरेष्ट बैंकले कमाएको छ भने सबैभन्दा बढी हिमालयन बैंकको ऋणात्मक देखिएको छ । गत वर्षको तुलनामा प्राइम बैंक बाहेक अरु १९ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा कम रहेको छ ।

गत वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको यो वर्षको सोही अवधिमा पनि वितरणयोग्य नाफा ऋणात्मक नै हरेको छ ।

२० मध्ये ८ वाणिज्य बैंकको पोजिटिभ
एभरेष्ट बैंकको चालु आवको पुस मसान्त समममा वितरणयोग्य नाफा ४२ करोड २० लाख ४५ हजार अर्थात १५.५३ प्रतिशतले घटेको छ । एभरेष्टले पुस मसान्तसम्ममा २ अर्ब ४० करोड ४९ लाख २३ हजार रहेको भने गत वर्षको सोही अवधिमा २ अर्ब ८४ कारोड ६९ लाख ६८ हजार रुपैयाँ कमाएको थियो ।

स्टाण्डर्ड चाटर्ड बैंकले पुस मसान्त सम्ममा १ अर्ब १२ करोड १७ लाख ४८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १३ करोड १२ लाख ३० हजार अर्थात १३.१२ प्रतिशकतले बढी हो । स्टाण्डर चाटर्डको गत वर्षको सोही अवधिमा १ अर्ब ५ लाख ५४ हजार रुपैयाँ मात्र वितरणयोग्य नाफा कमाएको थियो ।

नविल बैंकले पुस मसान्तसम्मको वित्तीय विवराण सर्वजनिक गर्दा गत पुस समान्सको भन्दा १२.६३ प्रतिशत वितरणयोग्य नाफा घटेको छ । अर्थात बैंकले गत आवको ६ महिनाको तुलनामा १५ करोड ७२ लाख ५४ हजार रुपैयाँ कम वितरणयोग्य नाफा कमाएको छ । नविलले पुस मसान्तसम्मा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार वितरणयोग्य मुनाफा कमाएको भने गत वर्षको सोही अवधिमा १ अर्ब २४ करोड करोड ५१ लाख ३० हजार रुपैयाँ कमाएको थियो ।

कृषि विकास बैंकले वितरणयोग्य नाफा चालु आवको पुस मसान्तसम्ममा ७५ करोड २१ लाख ९४ हजार रुपैयाँ कमाएको छ । कृषि बैंकले गत वर्षको तुलनामा ७१ प्रतिशत अर्थात १ अर्ब ८५ करोड ८४ लाख ३५ हजार रुपैयाँले कम वितरणयोग्य मुनाफा कमाएको हो । कृषि विकास बैंकले गत आवको सोही अवधिमा २ अर्ब ६१ करोड ६ लाख २९ हजार रुपैयाँ कमाएको छ ।

सानिमा बैंकको वितरणयोग्य नाफा गत आवको ६ महिनाको तुलनामा ३१ करोड २२ लाख ५० हजार रुपैयाँ अर्थात ३२.४० प्रतिशतले घटेको छ । सानिमाले पुस मसान्तसम्ममा ६५ करोड १४ लाख ६० हजार रुपैयाँ कमाएको छ भने गत वर्षको सोही वधिमा ९६ करोड घठ लाख १० हजार रुपैयाँ कमाएको थियो ।

नेपाल एसबिआई बैंकले पुस मसान्तसम्ममा ४९ कारोड ५५ लाख ८८ हजार रुपैयाँ कमाएको छ । एसविआईले गत आवको सोही अवधिमा १ अर्ब २१ करोड ३५ लाख ८४ हजार रुपैयाँ वितरयोग्य नाफा कमाएको थियो । एसविआईले गत वर्षको तुलनामा ७१ करोड ७९ लाख ९६ हजार रुपैयाँ अर्थात ५९.१६ प्रतिशत कम नाफा कमाएको हो ।

सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंकको पनि ७८.३८ प्रतिशत अर्थात १ अर्ब ४७ करोड २७ लाख ६ हजार रुपैयाँले वितरणयोग्य मुनाफा घटेको छ । वाणिज्य बैंकले चालु आवको पुस मसान्तसम्ममा ४० करोड ६२ लाख ८३ हजार रुपैयाँ नाफा गरेको छ भने गत आवको सोही अवधिमा १ अर्ब ८७ करोड ८९ लाख ८९ हजार रुपैयाँ नाफा गरेको थियो ।

प्राइम कर्मसियल बैंकले भने गत वर्षको तुलनामा वितरणयोग्य नाफामा ठूलो अन्तरले नाफा गरेको छ । प्राइमले १४६२.५६ प्रतिशतले नाफा गरेको हो । प्राइमले गत आवको पुस मसान्तसम्ममा ४१ लाख ५ हजार रुपैयाँ कमाएको थियो भने चालु आवको सोही अवधिमा बैंकले ६ करोड ४१ लाख ५० हजार रुपैयाँ हजार रुपैयाँ कमाएको छ । अर्थात अर्थात ६ करोड ४४ हजार रुपैयाँले बढी वितरणयोग्य नाफा कमाएको हो ।

१२ बैंको वितरणयोग्य मुनाफा ऋणात्मक
२० वाणिज्य बैंकमध्ये १२ बैंकको वितरणयोग्य नफा ऋणात्मक रहेको छ । सवैभन्दा कम सिटिजन बैंकको ऋणात्मक रहेको छ भने सवैभ्दा बढी हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

सिटिजनको गत पुस मसान्तसम्ममा २१ करोड ३० लाख ९१ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ भने गत वर्षको सही अवधिमा १० करोड ७१ लाख ७४ हजार रुपैयाँ कमाएर बैंक नाफामा थियो । बैंकको वितरणयोग्य नाफा ३२ करोड २ लाख ६५ हजार अर्थात २९८.८३ प्रतिशत ऋणात्मक रहेको छ ।

माछापुछ«े बैंकको २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा १ अर्ब ३० करोड ५० लाख ४६ हजार रुपैयाँ अर्थात १२३.३४ प्रतिशत कम वितरणयोग्य नाफा कमाएको छ । गत वर्ष माछापुच्छ्रेले १ अर्ब ५ करोड ८० लाख ६० हजार वितरणयोग्य नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकको पनि वितरणयोग्य मुनाफा ३० करोड ४५ लाख ३७ हजार रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष सिद्धार्थले ९ करोड ६७ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । सिद्धार्थको गत वर्षको तुलनामा चालु आवमा ४१५.३६ प्रतिशत अर्थात ४० करोड ११ लाख ५ हजार रुपैयाँले कम हो ।

सरकारी स्वामित्वकै नेपाल बैंकको पनि ५६ करोड ९० लाख ७७ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक हरेको छ । बैंले गत वर्षको पुस मसान्तसम्ममा २९ करोड ७२ लाख १४ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा नेपाल बैंकले २९१.४७ प्रतिशत अर्थात ८६ करोड ६२ लाख ९१ हजार रुपैयाँले कम हो ।

एनआईसी एसियाको पनि ५९ करोड २२ लाख ६७ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । एनआईसीले गत वर्ष ३ अर्ब ७५ करोड २४ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो । एनआईसीले गत वर्षको तुलनामा ११५.७८ प्रतिशत अर्थात ४ अर्ब ३४ करोड ४७ लाख २३ हजार रुपैयाँले कम हो ।

गत वर्षको पुस मसान्तसम्म १ अर्ब ४९ करोड ७० लाख ९८ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको लक्ष्मि बैंकले यो वर्षको सोही अवधिमा भने ८१ करोड १८ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा १५४.२३ प्रतिशत अर्थात २ अर्ब ३० करोड ८९ लाख ६२ हजारले कम नाफा गरेको छ ।

एनएमबी बैंकको गत वर्षको पुस मसान्तसम्ममा ६३ करोड ९७ लाख ९७ हजार वितरणयोग्य नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ । एमएमबीले गत वर्षको तुलनामा २५५.४९ प्रतिशत अर्थात १ अर्ब ६३ करोड ४६ लाख २७ हजार कम नाफा गरेको हो ।

ग्लोवल आइएमई बैंकको पनि वितरणयोग्य नाफा ऋणात्मक नै हरेको छ । गत आवको पुस मसान्तसम्ममा ग्लेवलले १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा १ अर्ब २७ करोड ७० लाख ७५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा ग्लोवले २१४.११ प्रतिशत अर्थात २ अर्ब ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँले कम हो ।

गत वर्षको पुस मसान्तसम्ममा ३६ करोड ४२ लाख २४ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको प्रभु बैंकले चालु आवको सोही अबधिमा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार ऋणात्मक हरेको छ । गत वर्षको तुलनामा प्रभुले ६१२.७३ प्रतिशत अर्थात २ अर्ब २३ करोड १६ लाख ९२ हजार रुपैयाँले नाफा कम गरेको हो ।

गत वर्षको पुस मसान्तसम्म पनि वितरणयोग्य नाफा ऋणात्मक रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको यो वर्ष पनि ऋणात्मक नै हरेको छ । गत वर्ष १ अर्ब ६० करोड ४२ लाख २४ हजार ऋणात्मक रहेकोमा यो वर्ष १ अर्ब ९५ करोड ५४ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा २१.९० प्रतिशत अर्थात ३५ करोड १२ लाख ४८ हजार रुपैयाँले बढीले ऋणात्मक भएको छ ।

गत वर्ष वितरणयोग्य नाफा २२ करोड ४४ लाख ४१ हजार रुपैयाँ गरेको कुमारी बैंकले यो वर्ष ३ अर्ब ७७ करोड १८ लाख ३५ हजार रुपैयाँले ऋणात्मक देखिएको छ । गत वर्षको तुलनामा कुमारीले १७८०.५५ प्रतिशत अर्थात ३ अर्ब ९९ करोड ६२ लाख ७४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

सबैभन्दा बढी वितरणयोग्य नाफा ऋणात्मक हिमालयन बैंकको भएको छ । हिमालयनले गत पुस मसान्तसम्ममा ८ करोड ७२ लाख ६३ हजार वितरणयोग्य नाफाकमाएकोमा चालु आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ३३ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आव भन्दा ५२८३.६६ प्रतिशत अर्थात ४ अर्ब ६१ करोड ६ लाख ६१ हजार रुपैयाँ ऋणात्मक हरेको हो ।