GBIME

धमाधम राजीनामा दिदै प्रभु महालक्ष्मी लाइफका सिनियर कर्मचारी

1.98K
shares

काठमाडौं, १८ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका माथिल्लो तहका कर्मचारीहरूले धमाधम राजीनामा दिन थालेका छन् । कम्पनीले ल्याएको स्वच्छिक अवकास योजना (भिआरएस)मा सहभागी हुँदै सिनियर कर्मचारीहरूले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रवन्धकदेखि विभागीय प्रमुखसम्म छन् । सबैभन्दा पहिले प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले १ फागुनदेखि लागू हुने गरी राजीनामा दिएका थिए । हाल भट्टराई बिदामा छन् ।

इन्स्योरेन्सकी वरिष्ठ सहायक महाप्रवन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना देवकोटा खरेलले भिआरएसमा सहभागी हुँदै राजीनामा दिएकी छिन् । स्नाकोत्तर उतिर्ण गरेकी सपनाले महालक्ष्मी फाइनान्स र महालक्ष्मी विकास बैंकमा १८ वर्ष काम गरेको अनुभव छ । बैंक पछि सपना जीवन बीमा कम्पनीमा आएकी थिईन् । उनले प्रभु महालक्ष्मीमा ६ वर्ष काम गरेर राजीनामा दिएकी छिन् ।

याे पनि पढ्नुस् : बीमा कम्पनीका पहिलो नेपाली सीईओको शानदार अवकास

त्यस्तै, प्रभु महालक्ष्मीका लाइफका वरिष्ठ सहायक महाप्रवन्धक तथा मार्केटिङ प्रमुख प्रशान्त राज धमलाले पनि राजीनामा दिएका छन् । स्नाकोत्तर उतिर्ण गरेका प्रशान्तले एशियन लाइफ इन्स्योरेन्स र आएइएमई लाइफमा डेढ दशक भन्दा बढी काम गरेर तत्कालीन महालक्ष्मी लाइफमा आएका थिए । उनले साविकको महालक्ष्मी हाल प्रभु महालक्ष्मीमा आधा दशक काम गरेपछि राजीनामा दिएका हुन् ।

त्यसैगरी, वरिष्ठ प्रवन्धक तथा एजेन्सी विभाग प्रमुख सिताराम धिमालले पनि राजीनामा दिएका छन् ।  दशक भन्दा बढीको अनुभव भएका धिमाल ५ वर्ष अघि तत्कालीन प्रभु महालक्ष्मीमा आएका थिए । वाणिज्य शास्त्रमा स्नाकोत्तर गरेका धिमालले प्रभु महालक्ष्मी लाइफमा ५ वर्ष काम गरेपछि राजीनामा दिएका हुन् ।

त्यस्तै, प्रवन्धक तथा अण्डरराइटिग विभाग प्रमुख प्रभाकर न्यौपाने पनि राजीनामा दिएका छन् । मेट लाइफ र नेपाल लाइफमा दशक बढी अनुभव बटुलेर न्यौपाने महालक्ष्मीमा आएका थिए । स्नाकोत्तर उतिर्ण गरेका न्यौपानेले प्रभु महालक्ष्मीमा ६ वर्ष काम गरेपछि राजीनामा दिएका छन् । माथि उल्लेखित सबैको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

झण्डै ३३ महिनाको सेवा सुविधा !

संस्थाले ल्याएको अवकास योजनामा भाग लिएर राजीनामा दिनेहरुले करिब २ वर्षको सेवा सुविधा पाएर बिदा हुँदैछन् । उनीहरुले पाउने रकम एकमुष्ठ रुपमा कम्पनीले उपलब्ध गराउनेछ ।

भिआरएसको बाटो रोज्नेलाई अर्को फाइदा भनेको राज्यलाई तिर्नुपर्ने कर पनि हो । महिनै पिछचे तलव आउदा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले ३० प्रतिशतसम्म कर तिर्नुपर्छ । तर भिआरएसमा बढीमा ७.५ प्रतिशतमात्रै कर तिरे पुग्छ ।

‘महिनैपच्छिे आएको तलवले घरखर्च धान्दै ठिक हुन्छ, यसरी एकमुष्ठ आउदा त कतै लगानी गरौ भन्न पनि पायन्छ’ भिआरएसमा सहभागी हुन बाँकी रहेका एक कर्मचारीले भने, ‘कम्पनीले २२÷२३ महिनाको भिआरएस दिने हो, तर हामीले पाउने भिआरएस हिसाब गर्ने हो भने ३३ महिनासम्मको हुन आउछ ।’ कर पनि कम तिर्नुपर्ने भएकाले भिआरएस रोज्नेलाई धेरै फाइदा हुने उनले बताए ।

संस्थाका अन्य उच्चतम अधिकारीहरु पनि राजीनामा दिने तयारीमा रहेका छन् । संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य विभागीय प्रमुखहरु समेत राजीनामा दिने तयारीमा छन् । कम्पनीले ल्याएको भिआरएस योजनामा सहभागी हुनका लागि केहीले राजीनामा दिइसकेपछि स्वीकृति हुन बाँकी रहेको छ । अन्य केहीले भने २५ गतेसम्ममा राजीनामा दिने योजना बनाएका छन् ।

भिआरएस अफर सबैका लागि भने होइन । उच्चतम तहका कर्मचारीका लागि मात्रै यो अफर ल्याएकाले तलका कर्मचारीहरु भने सहभागी हुन पाउने छैनन् ।

Dhulikhel Eco Resort 1200*100

Follow Up

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष भट्टचनले गरिन् सपथ ग्रहण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष भट्टचनले गरिन् सपथ ग्रहण

‘प्रभु महालक्ष्मीलाई सफल बनाउने हाम्रो उद्देश्य हो, विफल बनाउन खोजे चुप लागिन्न’

‘प्रभु महालक्ष्मीलाई सफल बनाउने हाम्रो उद्देश्य हो, विफल बनाउन खोजे चुप लागिन्न’

जीवन बीमा व्यवसाय : ग्रोथरेटमा प्रभु महालक्ष्मी नम्वरवान, कमजोर देखियो सरकारी कम्पनी

जीवन बीमा व्यवसाय : ग्रोथरेटमा प्रभु महालक्ष्मी नम्वरवान, कमजोर देखियो सरकारी कम्पनी

प्रभु महालक्ष्मीले सम्पन्न गर्यो पूर्व झापादेखि पश्चिम कैलालीसम्म अभिकर्ता मिलन कार्यक्रम

प्रभु महालक्ष्मीमा संस्थागत सुशासन बलियो हुँदै, रकम तिर्न प्रभु पेलाई २१ दिने अल्टिमेटम

प्रभु महालक्ष्मीमा संस्थागत सुशासन बलियो हुँदै, रकम तिर्न प्रभु पेलाई २१ दिने अल्टिमेटम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

बीमा कम्पनीका पहिलो नेपाली सीईओको शानदार अवकास

बीमा कम्पनीका पहिलो नेपाली सीईओको शानदार अवकास

प्रिमियममा आईपीओ : कमिसनको डरलाग्दो खेल, प्रोभिजन लुकाएर मूनाफा

प्रिमियममा आईपीओ : कमिसनको डरलाग्दो खेल, प्रोभिजन लुकाएर मूनाफा

प्रभू महालक्ष्मी लाइफका सीईओको राजीनामा स्वीकृत

प्रभू महालक्ष्मी लाइफका सीईओको राजीनामा स्वीकृत

बीमाका लागि रोज्नुस् प्रभु महालक्ष्मीको सर्वश्रेष्ठ आजीवन बीमा योजना

बीमाका लागि रोज्नुस् प्रभु महालक्ष्मीको सर्वश्रेष्ठ आजीवन बीमा योजना

‘दुई दिनको बिदाले अर्थतन्त्रमा सकारात्मक भन्दा धेरै नकरात्मक असर गर्छ’

‘दुई दिनको बिदाले अर्थतन्त्रमा सकारात्मक भन्दा धेरै नकरात्मक असर गर्छ’

‘प्रिमियममा आईपीओ जारी गर्नु ५० लाख डिम्याट खातावालाप्रति गरिने बेइमानी हो’

‘प्रिमियममा आईपीओ जारी गर्नु ५० लाख डिम्याट खातावालाप्रति गरिने बेइमानी हो’

‘मर्जर र एक्विजिसनमा देखिएको समस्या आगामी साउनमा समाधान हुन्छ’

‘मर्जर र एक्विजिसनमा देखिएको समस्या आगामी साउनमा समाधान हुन्छ’

‘यो संकटको समय हो, बैंक र व्यवसायी दुवै बाच्नु पर्छ’

‘यो संकटको समय हो, बैंक र व्यवसायी दुवै बाच्नु पर्छ’