एयरपोर्टका डिआइजीको राजीनामा पछि भन्सार प्रमुखको सरुवा
वि.सं.२०८० माघ २१ आइतवार ०९:२७
shares
काठमाडौं, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) अर्जुन चन्दले राजीनामा दिए लगत्तै एयरपोर्ट भन्सार प्रमुखको पनि सरुवा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको मन्त्रालय सरुवा भएको छ ।
केही समयअघि विमानस्थल अध्यागमन प्रमुख गोगन हमाल ड्युटीमै क्रममा कुटिएका थिए । चन्दको राजीनामाको एउटा कारण अध्यागमन र प्रहरीबीचको लफडा नै हो । यो लफडा पछि विमानस्थलमा खटिएका अन्य अधिकारीहरु पनि सरुवा चाहान्थे ।
डा. पाण्डे पनि सोही क्रममा सरुवा भएका हुन् । ‘अझ लामो समय बसेको भए डिजी सा’वलाई पनि तनाब हुनसक्ने थियो, जति राम्रो गर्न खोजे पनि गाह्रै छ यहाँ’ एयरपोर्ट भन्सारका एक कर्मचारीले भने, ‘यसकारण पनि डिजी साव सरुवा हुनु भएको हो, उहाँले आफ्नो पालामा धेरै सुधारका प्रयासहरु चाहिँ गर्नु भएको छ ।’
पाण्डेको ठाउँमा सेवन्त पोखरेलको सरुवा भएको छ । पाण्डेको मन्त्रालय सरुवा भए पनि जिम्बेवारी कहाँ दिने भन्ने निर्णय भइसकेको छैन ।