अर्थका सहसचिवको जिम्मेवारी हेरफेर, आन्तरिक राजश्वको महानिर्देशक बने बराल
वि.सं.२०८० माघ २१ आइतवार ०९:४१
shares
काठमाडौं, २१ माघ । आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्बेवारी सहसचिव भुपाल बरालले पाएका छन् । विभागका महानिर्देशक रहेका दीर्घराज मैनालीको सरुवा गरेर उनको ठाउँमा बराललाई मन्त्रालयले जिम्बेवारी दिएको हो ।
बराल यसअघि मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाको प्रमुखका रुपमा मन्त्रालय थिए । मैनालीलाई मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा नै फर्काइदिएका छन् । विभागको महानिर्देशक हुनुअघि मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए ।
एयरपोर्ट भन्सार प्रमुख रहेका डा. टोकराज पाण्डेको मन्त्रालय सरुवा भएको छ । पाण्डेको सरुवा भएपछि सेवन्तक पोखरेललाई भन्सार विभागबाट विमानस्थल भन्सार कार्यालय, नारायण रिजाललाई बराल प्रमुख रहेको महाशाखाको जिम्मेवारी दिइएको छ ।