महिन्द्रा केयर फेस्ट २०२४ सुरु
वि.सं.२०८० माघ २१ आइतवार १६:३७
shares
काठमाडौं, १९ माघ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले यही माघ २१ देखि महिन्द्रा केयर फेस्ट आयोजना गरेको छ । आज २१ देखि सरु भएको महिन्द्रा केयर फेस्ट माघ २६ गतेसम्म चल्ने छ ।
कार्यक्रमको उद्घाटन नेपाली नायिका स्वस्तिमा खड्का, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा र सुसन श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकारद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथि र ग्राहकहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० देखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहारहरुको पनि लाभ लिन सक्नेछन् ।
महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई फेस्टमा सहभागी हुन सक्नेछन् ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैं ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।
साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ, साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याएका छ, यो सेवा काठमाडौं, भैरहवा र इटहरीमा, उपलब्ध छ ।