अर्थतन्त्र चलायमान बनाएको भन्दै अर्थमन्त्रीलाई सीएनआईले गर्यो सलाम

2.78K
shares

काठमाडौं, २४ माघ । अर्थतन्त्र चलायमान गरेको भन्दै उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थमन्त्री डा. प्रकाशशरण महतललाई सलाम गरेको छ ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकउत्सवका आवसरमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाहरुको भूमिका’ भन्ने अन्तक्र्रिया कार्यक्रममा बोल्दै सीएनआईका उद्योग समितिका सभापति लक्ष्मी प्रसाद सुवेदी अर्थमन्त्रीलाई समलाम गरेका हुन् ।

‘एक वर्ष अगाडि हामी श्रीलंका हुन्छ की भन्ने थियो । त्यो बाट याहाँ (अर्थमन्त्री)ले बाहीर निकाल्नु भएको छ’, सभापति सुवेदीले मन्तव्यको क्रममा भने, ‘त्यसको लागि यहाँ(अर्थमन्त्री)लाई सलुट छ । समलाम छ ।’

अझै पनि अर्थतन्त्रका विषयमा अर्थमन्त्रीका रुपमा धेरै काम गर्नुपर्ने सुवेदीको भनाई थियो । निर्माण व्यवसायीले भुत्तानी नपाएकाले उनीहरु र उनीहरुको परिवार नै समास्यामा परेकाले त्यस तर्फ पनि सोच्न सुवेदीले अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनु पर्ने छ’, सुवेदीले भने, ‘विकास निर्माणका गतिविधि बढाउनुपर्ने आवश्यता देखिएको छ ।’ पुँजीगत खर्च बढ्न नसक्दा विकास निर्माणका कामहरु बढ्न नसकेको सुवेदीको भनाई छ ।

मागको २० प्रतिशत पनि पुँजीगत खर्च नहुनु दुखत पक्ष रहेको सुवेदीको भनाई थियो । समग्र आर्थिक सुधारको लागि लगनी प्रोत्साहान गर्नुपर्ने उनको माग थियो । सरकारले आन्तरिक र विदेशी लगानी भित्राउन थुप्रै कानुनहरु सुधार गर्नुपर्ने उनको भनाई छ ।

‘लगानी भित्राउन विद्यमान कानुहरु सुधार गर्नुपर्ने छ’, सुवेदीले भने, ‘कुन–कुन कानुन सुधार गर्नुपर्ने भनेरे सरकारलाई हामीले बुदाँगत रुपमा सुझाव दिएका छौँ, त्यो कानुन सुधार भएमा लगानीको वातारवरण बन्न सक्छ ।’

इमानको वार्षिउत्सको आवसरमा सुवेदीले बधाई तथा शुभकामना समेत दिएका थिए ।