GBIME

‘सहुलियत कर्जाबापत बैंकले पाउने १०औं अर्ब सहुलियत नपाउँदा अप्ठ्यारो पर्यो’

2.95K
shares

काठमाडौं, २४ माघ । बैंकले सहुलियत कर्जा बापतको सहुलियत नपाएको कारणले गर्दा समस्यामा परेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् ।

‘सहुलियतपूर्ण कर्जा १ लाख ५५ हजार भन्दा बढी ऋणीहरुलाई दिएका थियौँ, हामीले सरकारबाट पाउने त्यो सहुलियत अहिले सम्म हामीले पाएका छैन’, केसीले भने, ‘त्यो १० औँ अर्ब भन्दा बढी हुँदा पनि पाएको छैन । त्यसले पनि अप्ठ्यारो इस्थिति भएको छ ।’

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकउत्सवका आवसरमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाहरुको भूमिका’ भन्ने अन्तक्र्रिया कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब बर्जा (एनपिएल) बढ्दै गएको र सरकारलाई बैंकिङ क्षेत्रले दिने करमा पनि कमी आएकोमा केसीले चिन्ता व्यक्ति गरेका छन् । ‘गत वर्षभन्दा एनपिएल ३ प्रतिशत भन्दा बढी बढ्दै गएको अबस्था छ’, केसीले भन, ‘एनपीएल बढ्दा ६ महिनामा गत वर्ष भन्दा कम नाफा भयो, त्यसको असर सरकारलाई बुझाउने करमा परेको छ ।’

एनपिएलको लेबल बढ्दै जाने हो भने भोलिका दिनमा समस्या पर्न सक्ने केसीको भनाई छ । एनपिएल बढ्न नदिन नेपाल राष्ट्र बैंक, नेपाल सरकार र बैंकिङ क्षेत्र एकै ठाउँमा बसेर समाधान खोज्दनुपर्ने अध्यक्ष केसीको भनाई छ ।

पछिल्लो समय बैंकिङ माथि पैसा नदिनुपर्ने र ब्याज नतिर्नुपर्ने आक्रमण रोक्नुपर्ने केसीको भनाई छ । ‘यदि हामीले यसलाई यतिबेला रोक्न सकेनौ भने यसले जुन खालको इस्थिति लिन सक्छ त्यसले बैंकिङ क्षेत्रलाई मात्र नभएर समग्र अर्थतन्त्रलाई अप्ठ्यारोमा पार्छ ।’ केसीले भने ।

अहिले ऋण नतिर्ने समस्या देखिन थालेकाले त्यसलाई यहि रोक्नुपर्ने केसीको भनाई छ । ‘बैंकिङ कतिको दरिलो छ ? भन्ने कुरालो नेपामा भित्रिने लगानीलाई प्रभाव पार्न सक्ने भएकाले यस्तो खालको प्रवृत्रीलाई यही रोक्नु पर्छ ।’ उनले भने ।

भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस्