Dhulikhel Eco Banner new

‘अहिले निजी क्षेत्रको आत्मबल कम्जोर भएको अवस्था छ’

7.36K
shares

काठमाडौं, २४ माघ । अहिले निजी क्षेत्रको आत्मबल कम्जोर भएको अबस्था रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकउत्सवका आवसरमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाहरुको भूमिका’ भन्ने अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

‘अहिले निजी क्षेत्रको आत्मबल कम्जोर भएको अबस्था छ’, अध्यक्ष ढकालले मन्तव्यको क्रममा भने, ‘पछिल्लो समय निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण छ त्यसले गर्दा निजी क्षेत्रले लगानी गर्ने कुराहरु आत्माबल कम्जोर देखिएको छ ।’

निजी क्षेत्रको आत्मबल कम्जोर बनाउने खालका प्रचारहरु भएकाले गर्दा अहिले निजी क्षेत्रका आत्मबल कम्जोर भएको उनको भनाई छ । अहिले सुचांकको हिसावले विदेशी मुद्रा संचिति देखि रेमिटेनस सम्म धेरै सकारात्मक देखिएको उनको भनाई छ ।

‘सवै चिज सकारात्मक हुँदा हुँदै पनि सकारात्मक सन्देस आम जनतासँग जान सकेको छैन’, ढकालले भने ।

सरकारले आयोजना गर्ने लागेको लगानी सम्मेलन भन्दा गगाडि १२ वाटा कानुनहरु परिवर्तन गर्ने सक्यो भने लगानीको वातावरण बन्न सक्ने अध्यक्ष ढकालको भनाई छ । ‘कानुनहरु अध्यादेश वा विद्येकको माध्यमबाट ल्याएर भएपनि १२ वटा कानुन परिवर्तन गर्ने सकियो भने राम्रो सन्देश जान्छ ।’

बैंकबाट लिएको ऋणहरु तिर्नु हुँदैन भन्ने हल्लाले गर्दा आम जनता अन्योलमा परेको र त्यसलाई चिर्न निजी क्षेत्र, सकार र सबैले प्रचामिकताका साथ काम गर्नुपर्ने ढकालको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थाको डिपोजिट भनेको आम जनताको पैसा हो । त्यो सानो नानो डिपोजिटलाई बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा लगानी गरेका छन्’, ढकालले भने, ‘यो चिजलाई हामीले गहन रुपले हेरीएन भने जनताको डिपोजिट हिनामिना हुन सक्छ ।’

नेपाल धितोपत्र बोर्डले अन्तिम चरणमा रहेको कम्पनीका साधारण शेयर(आईपीओ)का लागि अनुमति दिनुपर्ने अध्यक्ष ढकालको माग समेत गरेका छन् । ‘ धेरै महिना देखि २५–३० वटा कम्पनी आईपीओ अनुमतिको पर्खाइमा छन्’, ढकालले भने, ‘प्रिमियम दिने हिसावको कुरा अध्यक्ष ज्यु आएपछि होला । तर, सबै प्रक्रिया पुरा गरेर चिठिको लागि मात्र पर्खेका २५–३० वटा कम्पनीको हकमा आईपीओ जारी गर्ने दिईयोस् ।’

अध्यक्ष ढकालले इमानले आर्थिक एजेण्डामा काम गरेकोमा धन्यवाद दिदै आगामी दिन यस्ता खालका कामहरु गर्ने जरुरी रहेको बताए ।

भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस्