‘नीति, नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्न राष्ट्र बैंक तत्पर छ’

3.6K
shares

काठमाडौं, २४ माघ । नीति, नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने राष्ट्र बैंक तत्पर रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकउत्सवका आवसरमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाहरुको भूमिका’ भन्ने अनतरक्रिया कार्यक्रममा बोल्द उनले यस्तो बताएका हुन् ।

‘नीति नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने राष्ट्र बैंक तत्पर छ’, पौडेलले भने, ‘तर, कर्जा लिएपछि तिर्नुपर्छ भन्नेर यस्ता फोरमबाट बोलिदिनु भयो भने त्यसले एउटा सकारात्मक सन्देश दिन्छ ।’

नेपाल राष्ट्र बैंकले ऋण लिएपछि तिर्नुपर्छ भन्ने कुरा भनिरहेको र त्यसमा मन्त्री, सांसद र अन्य सरोकारवाले पनि भन्नु पर्ने पौडेलले बताए । बैंक तथा वित्तीय क्षेत्रबाट प्रभावह नुने कर्जालाई उत्पादन क्षेत्रमा लैजानु पर्नेमा पौडेलले जोड दिए ।

‘कर्जालाई उत्पादशिल क्षेत्रमा लैजानु पर्छ’, पौडेले भने, ‘उपभोग्य क्षेत्रमा बढी प्रयोग गरियो भने अर्थतन्त्रमा हामीले जुन अपेक्षा राखेका छौँ त्यो पुरा हुन सक्दैन ।’

लगानी सम्मेलनको लागि नेपाल राष्ट्र बैंकले समेत सरकारलाई ऐन, नियम संसोधन गर्ने पठाएको समेत पौडेलले जानकारी दिए । त्यस्ता नियमलाई सकारात्मक ढंगले हेरीदिन समेत पौडेलले अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने तर्फ इमानको कलम चलाउन समेत पौडेलेले अग्रह गरेका छन् ।