भारतसँग व्यापार घट्दा चीनसँग कसरी बढ्यो ?
चीनसँगको निर्यात १७०.९ र आयात ३७ प्रतिशतले वृद्धि
वि.सं.२०८० माघ २५ बिहीवार १४:१०
shares
काठमाडौं, २५ माघ । नेपाल र भारतसँग खुल्ला सिमाना, रोटी–बेटीको सम्बन्ध र भौगोलिक दृष्टिकोणले पनि नेपालको अधिकांस व्यापार भारतसँग हुने गरेको छ । तर, पछिल्लो समय भारतसँग हुने व्यापारहरु घटेको देखिन्छ । आयत र निर्यातको तथ्यांक हेर्ने हो भने भारतसँग व्यापार घट्दो र चीनसँग बढ्दो देखिन्छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दा भरतसँग १२.८ प्रतिशतले निर्यात घटेको देखिन्छ भने चीनसँग १७०.९ प्रतिशतले निर्यात बढेको देखिन्छ ।
चालु आवको पुस मसान्तसमम्ममा ७४ अर्ब ९७ करोडको निर्यात हुँदा कुल वस्तु निर्यात ७.२ प्रतिशत घटेको छ । जसमा भारतसँग निर्यात घटेको र चीनसँग बढेको छ ।
आयतमा पनि त्यस्तै देखिएको छ । गत आवको ६ महिनाको अवधिमा भन्दा चालु आवको सोही अवधिमा कुल वस्तु आयात ३.१ प्रतिशतले घट्टा चीनसँग भने आयत बढेको छ । ७ खर्ब ६५ अर्ब १७ करोडको अयात हुँदा भारबाट र अन्य देशबाट हुने आयत घटेको छ । भारबाट हुने आयत २.४ प्रतिशतले र अन्य देशबाट हुने आयात २५.७ प्रतिशतले घटेको छ ।
चीनबाट हुने आयतमा भने उल्लेख्य वृद्धि भएको छ । चीनबाट हुने आयतमा ३७ प्रतिशतले बढेको छ ।
गत वर्षको ६ महिनाको अवधिसँग तुलना गर्दा भारतसँग व्यापार घट्दो र चीनसँग बढ्दो देखिए पनि व्यापार भएको रकमका आधारमा भने भारतसँग बढी भएको देखिएको छ । रकमको आधारमा भारतसँग गत वर्षको तुलनामा कम व्यापार देखिए पनि चीनसँग भन्दा बढी व्यापार भएको छ ।
भारत र चीनसँगको व्यापार रकमका आधारमा भारसँग बढी भएकाले त्यस्तो फरक नपर्ने त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारी बताउँछन् ।
‘गत वर्षको तुलनामा केही बढेको देखिएको हो’, अधिकारीले केटिएम भ्वाइससँग भने, ‘कति रुपैयाँको व्यापार भयो भनेरे हेर्ने हो भने भारतसँग बढी देखिन्छ ।’ वितगमा चीनसँग व्यापार कम भएको र अहिले विस्तारै बढेका कारणले गर्दा प्रतिशतमा बढी देखिएको अधिकारीको भनाई छ ।
भन्सार विभागको तथ्यांक हेर्ने हो भने पनि प्रा.डा. अधिकारीले भनेको कुरासँग मेल खाने देखिएको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्ममा भारतसँग ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख २८ हजारको आयत हुँदा सोही अवधिमा चीनसँग १ खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख ६० हजारको मात्र आयात भएको छ । अर्थात चीनसँग भन्दा भारतसँग ३ खर्ब २७ अर्ब ४९ करोड ७६ लाख ६८ हजार रुपैयाँले बढी आयात भएको छ ।
निर्यातमा पनि चीनसँग भन्दा भारतसँग ४८ अर्ब ८३ करोड ८८ लाख ५४ हजारले बढी निर्यात भएको छ । चालु आवको पुस मसान्तसम्ममा भारतसँग ५० अर्ब ४४ करोड ५१ लाख ९९ हजार निर्यात हुँदा चीनसँग १ अर्ब ६० करोड ६३ लाख ४५ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।
कोरोना महामारीले गर्दा चीनसँग नेपालको व्यापार बन्द भएको र अहिले धेरै नाकाहरु खुलेर व्यापार सुचारु भएकाले गत वर्ष भन्दा व्यापार बढी देखिएको अर्थविद् केशव आर्चाय बताउँछन् ।
‘कारोना काल देखि गत वर्षसम्म पनि चीन तर्फको नाका खुलेको थिएन्’, आर्चायले केटिएम भ्वाइससँग भने, ‘यो वर्षबाट चीन तर्फका नाकाहरु खुल्न थाले त्यसले गर्दा गत वर्षभन्दा बढी व्यापार भएको देखिन्छ ।’
भारतसँग पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको कारण व्यापार कम भएको आर्चायको भनाई छ । ‘भारत सरकारले आफ्नो देशमा उत्पादन बढाउने र अन्य देशबाट पनि सस्तोमा आयात भएको कारणले गर्दा नेपालसँग लिदै आएको बस्तुमा कमी आएको हो’, आचार्यले भने ।