GBIME

जनयुद्ध दिवसमा सार्वजनिक विदा

3.02K
shares

काठमाडौं, २५ माघ । जनयुद्ध दिवसको उपलक्ष्यमा गाउपालिकाले विदा दिने भएको छ । रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते विदा दिने भएको हो ।

पालिकाले एक सूचना जारी गर्दै माघ १७ गते गाउँपालिकाले गरेको निर्णय अनुसार विदा दिन लागेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियाले जारी गरेको सूचनामा भनिएको छ–‘जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते पालिका मातहतका सरकारी कर्यालय तथा विद्यालयहरुमा सार्वजनिक विदा दिने’ भनिएको छ ।

Dhulikhel Eco Resort 1200*100