GBIME

एट्लस बचत तथा ऋण सहकारीको बदमासी, बचतकर्ताको पैसा खतरामा !

906
shares

काठमाडौं, २८ माघ । काठमाडौंको कुलेश्वरमा रहेको एट्लस बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत खतरामा पार्ने काम गरेको पाईएको छ । सहकारी ऐन विपरीत ऋण प्रवाह गर्दा बचतकार्ताको बचत डुब्ने खतरा बढेको छ ।

केटीएम भ्वाइसलाई प्राप्त प्रमाणहरुमा एट्लस सहकारीले सदस्य समेत नभएको व्यक्तिलाई कर्जा प्रभाह गरेको पाईएको छ । सहकारी ऐन २०७४ को दफा ५० मा सहकारी संस्थाले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था छ । तर सहकारीले २ करोड ४२ लाख सदस्य नभएका व्यक्तिलाई कर्जा दिएको छ ।

‘सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्नबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण कारोबारमा लगानी, फर्म वा कम्पनीको कुनै बैंक (सहकारी बैंकबाहेक) को सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हुँदैन ।’ सहकारी ऐनले भनेको छ ।

यो व्यवस्थाविपरीत अन्य कुनै प्रयोजनमा बचत प्रयोग गरेमा बिगो बराबरको रकम जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था छ । त्यस्तै ऋण असुल हुन नसक्ने गरी रकम हिनामिना गरेमा बिगो बराबर जरिवाना र रकमका आधारमा ८ देखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

यस्तो व्यवस्था हुँदा हुँदै पनि एट्लस सहकारीले काठमाडौंका २ व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि २ करोड ४२ लाख कर्जा दिएको छ । नियम विपरीत कर्जा दिपछि अहिले कर्जाको सावा र ब्याज उठ्न छाडेको छ ।

सहकारीले कर्जाको सावा र ब्याज तिर्न ति व्यक्तिलाई ताकेता गर्ने थालेको छ । तर अहिले कर्जा भने उठ्न सकेको छैन । कर्जा उठ्न नसक्दा सहकारीमा बचत गर्ने बचतकर्ताको लाखौ रकम जोखिममा परेको छ । कर्जा तिर्ने समय पुस ११ बाट सकिएका कारण कर्जा बुझाउन भन्दै सहकारीका प्रमुख कार्यकारी अधिकृत धुव रुद्र कर्माचार्यले ऋणीलाई पत्र समेत पठाएका छन् ।

कर्जा लिने व्यक्ति भने आफुलाई मिटरब्याजमा भन्दा चर्को ब्याज लिएको कारण अहिले कर्जा तिर्न नसक्ने अबस्थामा आएको केटिएम भ्वाइसलाई बताउँछन् । ‘मैले लिएको ऋण नतिर्ने भनेको छैन’, कर्जा लिने एक व्यक्तिले भने, ‘तर, मिटरब्याज भन्दा महगो ब्याज त म तिर्न सक्दिन नि ।’

धितो वालाको सहमति बिना कर्जा
सहकारीले धितोवालाको समहति नलिई नै २ करोड ४२ लाख ऋण दिएको पाईएको छ । ऋणीको आफन्तको नाममा रहेको घर–जग्गा धितो जवानी राखेर कर्जा लिएको भन्दै कर्जा तिर्ने ताकेता गरेको छ ।

तर, घर–जग्गा धितो राखिएको व्यक्तिले आफुले २०७५ साल भदौमा २ करोड जति कर्जा लिदा जवानी बसेको र पछि फेरी कर्जा लिदा भने आफुलाई कुनै जानकारी नै नदिई कर्जा दिएको उनको भनाई छ ।

‘मैले सहकारीबाट ऋण लिएको हैन, म जमानी मात्र बसेकेको थिए, जति पैसाको जमानी बसेको थिए त्यो पैसा पनि तिरिसकेको छ’, ति महिलाले भनिन्, ‘सहकारीले कहिले उहँ(अहिले ऋण लिने व्यक्ति)हरुलाई बोलाएर फेरी ऋण दिएछ, त्यो दिदा सहकारीले मलाई एक कल फोन समेत गरेको छैन ।’

ति महिलाको अनुसार आफुले दिएको जामानीको रकम तिरिसक्दा पनि आफ्नो नाममा भएको सम्पति फुकुवा हुनुको साटो लिलामी गर्ने धम्की सहकारीले दिने गरेको बताउँछिन् । ‘मैले जति पैसाको जमानी दिएको छु, त्यति पैसा तिरिसकेको र मेरो नामको सम्पती फुकुवा गरिदिनु भनेर सहकारीमा जादा मेरो सहमति नलिई थप पैसा दिएको पैसा समेत तिर्नुपर्ने सहकारीले भन्छन्’, उनी भन्छिन्, ‘मलाई थाहा नै नदिई लिएको पैसा त मैले कसरी तिर्ने र सर ?’

Dhulikhel Eco Resort 1200*100