GBIME

प्रोडूसर माइडियाको चेस्ट फ्रिज नेपाली बजारमा

138
shares

काठमाडौं, २८ माघ । नेपालका लागि वल्र्ड नम्बरवान मेजर अपलाइन्स प्रोडूसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिज नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा –२४ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार माइडियाको चेस्ट फ्रिजरको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन। यसमा फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहने कम्पनीको दाबी छ। साथै, उपभोक्ता र व्यवसायहरूका विभिन्न आवश्यकता पूरा गर्न अत्याधुनिक सुविधाहरू रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्ने कम्पनीको भनाइ छ ।

यसमा रहेको ५०८ लिटर क्षमताले आवस्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र भित्र रहेको एलइडी लाइटले उपभोक्तालाइ कम उज्यालो अवस्थामा पनि सहज बनाउँछ। पफर्मेंस मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यन्त उत्कृस्ट रहेको छ। यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राख्छ, परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ ।

यसको खरिदमा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्। शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।

Dhulikhel Eco Resort 1200*100