GBIME

नेपाल इन्स्योरेन्सको आम्दानी ११२ र खुद नाफा २३२ प्रतिशतले बढ्यो

516
shares

काठमाडौं, २९ माघ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा कम्पनीले १ अर्ब ८ करोड ४२ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा इन्स्योरेन्सले ५१ करोड १८ लाख ७५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । जुन गत आवको तुलनामा १११.८२ प्रतिशतले बढी हो ।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । ६ महिनामा इन्स्योरेन्सले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ भने गत आवको सोही अवधिमा १४ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत आवको तुलनामा कम्पनीले २३२.३४ प्रतिशतले बढी खुद नाफा गरेको हो ।

इन्स्योरेन्सले कर्जा तथा लगानीबाट ३४६.४५ प्रतिशतले आम्दानी बढेर ७१ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

६ महिनामा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख रुपैयाँ गरेको छ । नाफा र आम्दानी बढेसँग इन्स्योरेन्सको खर्च पनि बढेको छ । गत वर्ष २९ करोड ९९ लाख २ हजार मात्र खर्च भएको कम्पनीको खर्च २३.०५ प्रतिशतले बढेर चालु आवको ६ महिनामा ३६ करोड ९० लाख ३४ हजार पुगेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दनी ४० रुपैयाँ ६१ पैसाले बढेर ६० रुपैयाँ ६३ पैसा पुगेको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ १४ पैसा छ ।

कम्पनीको चुक्त पुँजा १० प्रतिशतले बढेर एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषमा ३९.४६ प्रतिशतले बढेर २२ करोड ३२ लाख रुपैयाँ सञ्चिति पुगेको छ ।

Dhulikhel Eco Resort 1200*100