GBIME

राष्ट्रिय बीमा कम्पनीको आम्दानी १३.७१ प्रतिशतले बढ्यो, नाफा कति ?

372
shares

काठमाडौं, २९ माघ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सर्वजनिक गरेको विवरण अनुसार कम्पनीले ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन आम्दानी गत वर्षको तुलनामा १३.७१ प्रतिशतले बढी हो । कम्पनीले गत आवको ६ महिनामा ६६ करोड ४१ लाख १९ हजार मात्र आम्दानी गरेको थियो ।

आम्दानीसँगै कम्पनीको नाफा पनि बढेको छ । पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ७२ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ भने गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४१ लाख ८९ हजार मात्र खुद नाफा कमाएको थियो ।

गत आवको पुस मसान्तसम्ममा भन्दा चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खर्च ९.३९ प्रतिशतले बढेर २१ करोड ४२ लाख १० हजार पुगेको छ । कम्पनीले बीमा शुल्क आर्जन बापत २२.३३ प्रतिशत कम आर्जन गरेको छ । गत आवको ६ महिनामा १७ करोड २६ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा १३ करोड ४१ लाख ३१ हजार रुपैयाँ मात्र आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३२० रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १ हजार ५९४ रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५.०८ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड २६ लाख ८१ हजार पुगेको छ ।

कम्पनीको चुक्ता पुँजीभने वृद्धि भएको छैन । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।

Dhulikhel Eco Resort 1200*100