GBIME

एलआइसी नेपालको खुद नाफा ५९.७९ प्रतिशतले बढ्यो, खर्च १०.२६ प्रतिशत घट्यो

474
shares

काठमाडौं, २९ माघ । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्नीको वित्तीय विवरणमा खुद नाफा ५९.७९ प्रतिशतले बढेको छ भने जम्मा खर्च १०.२६ प्रतिशतले घटेको छ ।

गत पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ६६ लाख २५ हजार रुपैयाँ कमाएको छ भने गत आवको सोही अवधिमा ८ करोड ५५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको जम्मा खर्च १ अर्ब ४ करोड ७१ लाख ७८ हजार गरेको छ भने गत आवको सोही अवधिमा १ अर्ब १६ करोड ६८ लाख ५६ हजार खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ६.०६ प्रतिशतले बढेर ८ अर्ब ६२ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

६ महिनामा लगानी तथा कर्जा आम्दानी ११.९७ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसाले बढेर १० रुपैयाँ ३१ पैसा कायम भएको छ ।

कम्पनीको रिटेन्ड अर्निङ शीर्षक २२८.३७ ले बढेर बढेर २ अर्ब ७ करोड ५२ लाख १६ रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

Dhulikhel Eco Resort 1200*100