GBIME

राष्ट्र बैंकद्धारा ५ मनिचेञ्चरको लाइसेन्स रद्द

876
shares

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले नविकरण नगरेका ५ वटा मनिचेञ्चरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ ।

काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज, भक्तपुर तौमढीको न्यातपोल मनि एक्सेञ्ज, काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाइकुण्डको ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंको रुट नेपाल मनि एक्सचेञ्जको लाइसेन्स रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको हो ।

Dhulikhel Eco Resort 1200*100