Nepal Life Banner

आफ्नै ल्याएको बजेटमा अर्थमन्त्री महतको कैची (पूर्णपाठसहित)

2.47K
shares

काठमाडौं, २९ माघ । बजेटको अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटेको छ । आज अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री प्रकासशरण महतले बजेटको आकार घटेको बताएका हुन् ।

संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब कायम भएको छ । बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, सुरु अनुमानको ८७.३७ प्रतिशत हो । अर्थमन्त्री महतका अनुसार चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।




Follow Up

आयात कम हुनुमा भन्सार चुहावट भएको आशंका छ : अर्थमन्त्री

आयात कम हुनुमा भन्सार चुहावट भएको आशंका छ : अर्थमन्त्री