GBIME

६ महिनामा बैंकहरुले लिए ५ खर्ब १३ अर्ब ओभरनाइट तरलता

444
shares

काठमाडौं, २९ माघ । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो ६ महिनामा ओभरनाइट तरलता सुविधामार्फत ५ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी रकम केन्द्रीय बैंकबाट लिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार ६ महिनामा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पटक पटक गरी रु.५१३ अर्ब ९१ करोड गरी कुल रु.५१५ अर्ब ११ करोड तरलता उपयोग गरेका छन् । यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत कुल रु.३१५ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको छ ।

घट्न थाल्यो ब्याजदर

राष्ट्र बैंकले तरलता स्थिति सहज भएसँगै पछिल्लो समय अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु घट्दै गएको बताएको छ । राष्ट्र बैंकका अनुसार २०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशतमा झरेको छ ।

त्यसैगरी, २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको पुसमा १०.९१ प्रतिशत रहेको थियो । मौद्रिक नीतिको लचिलो कार्यदिशा, सहज तरलता स्थिति र न्यून ब्याजदरको विद्यमान अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्न आन्तरिक उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा बढी योगदान गर्ने क्षेत्रहरुतर्फ कर्जा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको छ ।

Dhulikhel Eco Resort 1200*100