GBIME

तीन बुँदामा मौद्रिक नीतिको समीक्षा, अधिकांश पुरानै नीतिलाई निरन्तरता (पूर्णपाठसहित)

888
shares

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । यसअघि भएका अधिकांश नीतिहरुलाई नै निरन्तरता दिदै केन्द्रीय बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो ।

राष्ट्र बैंकले समीक्षामा मुलुकको अर्थतन्त्रको अवस्थाहरु देखाएको छ । यद्यपि, राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको तथ्यांक यसअघि नै सार्वजनिक भइसकेका तथ्यांक हुन् । त्यसबाहेक जम्मा ५ बुँदामा केन्द्रीय बैंकले मौद्रिक नीतिको नीतिगत व्यवस्थाहरु भनेर उल्लेख गरेको छ । ५ बुँदामा पनि पहिलो २ बुँदामा पुरानै व्यवस्थालाई निरन्तरता दिने उल्लेख छ । बाँकी तीन बुँदामा भने नयाँ कुरा उल्लेख गरिएको छ ।

१. आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।

२. अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
३. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ ।

४. संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।

५. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।

हेर्नुस् पूर्ण पाठ :




Dhulikhel Eco Resort 1200*100