GBIME

आकाश टेकले एसएमएससँगै ‘आईभिआर’ सेवा ल्याउँदै

5.5K
shares

काठमाडौं, ६ फागुन । आकाश टेक प्रालिले आकाश एसएमएससँगै आईभिआर सेवा पनि ल्याउने भएको छ । विगत ८ वर्ष देखि एसएमएसको क्षेत्रमा काम गर्दै आएको आकाशले नेपालमै पहिलो पटक आईभिआर सेवा ल्याउन लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रिजेश गुप्ताका अनुसार नेपालमा पहिलो पटक आकाश टेकले आईभिआर सिस्टम ल्याउने भएको हो । आकाश टेकले हाल एसएमएस सेवा दिँदै आएको गुप्ता बताउँछन् ।

‘हाम्रो एसएमएस सेवालाई सजिलो तरिकाले बुझँदा कनेक्ट आईपिएसबाट पैसा तिर्दा तपाईलाई जुन तपाईको पैसाको कारोबार भयो भन्ने जुन एसएमएस आउँछ त्यो हामीले उपलब्ध गराउने हो’, गुप्ताले भने, ‘मोबाईल एप, ओटिपी, भोटिङ, ग्रुप एसएमएस, शैक्षिक संस्थाको नतिजा प्रकाशनलगायत एसएमएससँग सम्बन्धित सबै कामहरु हामी गछौँ ।’

आकाश एसएमएसले विषेश गरि बैंक तथा वित्तीय संस्थासँग काम गर्ने गरेको विक्री विभाग प्रमुख राजन कोईराला बताउँछन् । ‘अहिले हाम्रो १० हजार भन्दा बढी कम्पनीसँग काम गरिहेका छौँ’, कोईरालाले भने, ‘एक करोड १२ लाख भन्दा बढी व्यक्तिले हाम्रो सेवा लिने गर्नु भएको छ ।’

आईभिआर सेवा भनेको के हो ?
इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभिआर) फोनमा आफै चल्ने एक प्रकारको प्रविधि हो । जसले फोनलाई पूर्व रेकर्ड आवाजमार्फत आफुले खोजेको प्रतिनिधिसँग जोडिदिन्छ ।

यसलाई अझ थप उदाहरणको रुपमा बुझौँ । कुनै बैंकमा फोन गर्दा त्याहाँ सुरुमा नेपालीको लागि एउटा बटन वा अंग्रेजिका लागि अर्का बटन थिच्न अनुरोध गरिन्छ । एक बटन थिचेपछि जुन समस्या या जिज्ञासा के हो त्योसँग सम्बिन्धित अर्को नम्बर तिच्न भन्ने आवाज आउँछ । त्यसरी गरेपछि बल्ल कुनै प्रतिनिधिसँग कुरा हुन्छ । कतिपय अबस्थामा खोजेको जिज्ञासाको समाधान त्यहिबाट पनि हुन्छ । हो त्यही सिस्टम हो आईभिआर भनेको ।

गुप्ताका अनुसार आकाशले दिने आईभिआर सिस्टम नेपालमा बनाईएको स्प्टेवयर हो । ‘यो हामीले नेपालमा नै नाएको स्प्टेवर हो’, गुप्ताले भने, ‘मेरो जानकारीमा आए अनुसार यो स्प्टेवर नेपालमा पहिलो हो ।’

यस्तो सेवा अन्य आईटी कम्पनीले दिने भएपनि विदेशी सप्टवयर प्रयोग गरेर सेवा मात्र दिने गरेको गुप्ताको भनाई छ । ‘हामीले दिने सेवा कस्टको हिसावले पनि धेरै सस्तो छ’, गुप्ताले भने, ‘मोबाईल एप्लिकेसन, वेब बेस पनि प्रदान गरिन्छ ।’