GBIME

विआईजी सिजी डेका ८०० भन्दा बढी प्रोडक्टमा छुट र क्यासब्याकको वर्षा

606
shares

काठमाडौं, ११ फागुन । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल विआईजी सिजी डे आज बाट सुरु भएको घोषणा गरेको छ । यो अभियान धिकारिक रूपमा आज शुक्रबार रातिदेखि सुरु भएको हो ।

विआईजी सिजी डेको मुख्य हाइलाइटहरु ८००ं सामानहरूमा ३६५ सम्मको छुट, थप १०५ सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

बैंक छुटको सन्दर्भमा, विआईजी सिजी डेमा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्ड मार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्नेछन् । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने कम्पनीले जनाएको छ ।

पहिलो दिन दिउसो ४ बजे आफ्नो सोसल मिडिया मार्फत लाइभसो गर्ने कम्पनिले जनाएको छ ।

सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।