बेलकाको कार्यसम्पादन मूल्याकंन : थापाको कार्यकालमा ५० कट्दा कार्कीकोमा २३ मात्र
वि.सं.२०८० फागुन १३ आइतवार १८:२०
shares
काठमाडौं, १३ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने कार्यसम्पादन मूल्याकंनमा उदयपुरको बेलका नगरपालिका कम्जोर देखिएको छ । आयोगले फागुन ८ गते सार्वजनिक गरेको विवरण अनुसार बेलका नगरपालिकाले १०० अंकमा २३.०७ अंक प्राप्त गरेको छ । जुन उदयपुरमा भएका पालिका मध्ये सबैभन्दा कम हो ।
बेलकाले प्राप्त गरेको कर्यासम्पादन मूल्याकंन विगतको भन्दा धेरै नै घटेको छ । विगत ३ वर्षको बेलकाले पाएको अंक हर्ने हो भने हालका मेयर अशोक कार्कीको कार्यकालमा कार्यसम्पादन कम्जोर देखिन्छ ।
निवर्तमान मेयर दुर्गा कुमार थापा ‘स्वस्ती’को कार्यकालमा मूल्याकंन ५० अंक भन्दा बढी हुने गरेकामा कार्कीको पालमा बेलकाले २३.०७ मात्र प्राप्त गरेको छ । आयोगले २०७८ साल फागुन १८ गते सार्वजनिक गरेको मूल्याकंन प्रतिवेदनमा ७१.०७ अंक बेलकाले ल्याएको थियो ।
त्यसको अर्कोवर्ष आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भने अझ घटेको देखिन्छ । २०७९ साल फागुन ३ गते सर्वजनिक गरेको प्रतिवेदनमा जम्मा १०० अंकमा ५८.९१ अंक ल्याएको थियो ।
आयोगले ७८ र ७९ सालमा बेलकालाई दिएको अंक नितान्त थापा मेयर हुँदाका बखत भएका कामका आधारमा गरिएको थियो । तर, कार्कीका पालामा भने थापाले बनाएको बेरुजु बाहेक प्राय अन्य सबै कार्कीको पालमा भएको कमालाई लिन सकिन्छ ।
कुन शिर्षकमा कति पायो अंक ?
वित्त आयोगले मुलत १४ वटा शिर्षकलाई आधार मानेर स्थानीय तहको कर्यासम्पादन मूल्याकंन गरेको छ । अन्य ७५३ वटा पालिकाको जस्तै बेलकाको पनि उही तरिकाले मूल्याकंन गरेको हो ।
बेलकाले २ शिर्षकमा मात्र पुरा अंक पाएको छ भने ६ शिर्षकमा शुन्य(०) अंक पाएको छ । समग्र रुपमा हेर्दा बेलकाको २ बाहेक सबै सूचकमा नकारात्मक देखिएको छ ।
बेलकाले बजेट पेस गरेकोमा पुरा ५ र आय व्ययको अनुमान पेस गरेकामा पुरा ५ नम्बर पाएको छ ।
त्यस्तै, २०८१–०८२ को आय व्ययको पक्षेपण(अनुमान) गरिएको तथ्यांक पेस गर्दा ५ नम्बर पाउनुपर्नेमा शुन्य र ७९–०८० को बजेट कार्यन्यवनको समिक्षा गरेर सार्वजनिक नगरेकोमा ५ नम्बर पाउनुपर्नेमा शुन्य नम्बर पाएको छ । यो हिसावले हेर्दा आर्थिक भिजनमा बेलकाले चासो र पार्दशिता नभएको देखिन्छ ।
आव २०८९–७९ को बजेट अनुसर खर्चको अबस्थामा १५ नम्बरमा १.६६ मात्र प्राप्त गरेको छ । उक्त आर्थिक वर्षको बजेट थापाले बनाएको बजेट हो । थापाले बजेट बनाएको शिर्षक अनुसार बजेट खर्च नभएकाले गर्दा बेलकाले न्यून नम्बर पाएको हो ।
आव ७८–०७९ को बेरुजुको अबस्थामा १५ नम्बरमध्ये बेलकाले ५ नम्बर मात्र पाएको छ । यसको अर्थ बेलकाको बेरुजु अत्याधिक छ भन्ने हुन्छ । उक्त बेरुजु भने मेयर कार्कीको पालमा नभई थापाको पालमा भएको बेरुजुका आधारमा बेलकाले अंक पाएको हो ।
त्यस्तै, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरेको, नगरेकोमा ५ मा ३, आवधिक योजना तर्जमा नगरेकोमा ३ मा शुन्य, ८० सालमा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरमा ३ मा २.९१, ७९ सालको ८ कक्षाको तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर ३ मा ०.५०, ७९ सालमा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा जम्मा विद्यार्थि मध्ये १.६ वा बढी जिपिए ल्याएको विद्यार्थी प्रतिशतमा ३ नम्बरमा ०.५०, ७९–०८० मा ४ पटक गर्भ जाचँ गर्ने महिलाको अनुपातमा ३ मा शुन्य, ७९–०८० मा गर्भवति भएको महिला मध्ये सवास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपातमा ३ मा शुन्य र ७९–०८० मा पुर्ण खोप पाएका बालबालिको अनुपातमा ३ मा शुन्य बेलकाले नम्बर ल्याएको छ ।
कम नम्बर ल्याएर बेलकालाई के घाटा ?
बेलकाले जति कम नम्बर ल्यायो बेलकाले बजेट कम पाउछ । स्थानीय तहलाई ३ प्रकारका बजेट दिने गरिन्छ । जुन केन्द्र सरकार र प्रदेश सरकारले दिने गर्छन् ।
एक प्रकारको बजेट बेलकामा भएको जनसंख्याको आधारमा पाउछ भने अर्को न्यनतम नगरपालिकाले पाउने बजेट हुन्छ । अहिले देखिएको कर्यासम्पादन मूल्याकंनमा कम अंक प्राप्त गरेपनि बेलकाले पाउने यो दुई प्रकारको बजेट मा केही फरक हुँदैन ।
तर, कार्यसम्पादनका आधारमा दिने बजेट पनि हुन्छ । त्यसलाई समानीकरण अनुदान भनिन्छ । त्यो बजेटमा भने कम अंक ल्याउने पालिकालाई कम बजेट दिने गरिन्छ । उक्त बजेट कुन पालिकालाई कति दिने भन्ने सरकारलाई विषेश गरेर अर्थ मन्त्रालयलाई बेलकाको मूल्याकंक अंक दिने वित्त आयोगले गर्ने गर्छ । आयोगले अहिले सार्वजनिक भएका अंकका आधारमा उक्त बजेट दिन सिफारीस गर्छ र सोही अनुसारको बजेट आउँछ ।
स्वभाविक रुपमा कम अंक ल्याउने पालिकालाई अब आउने आर्थिक वर्ष २०८१–०८२ को बजेटमा समानीकरण अनुदान कम हुने आयोगका सहसचिव रामचन्द्र ढकाल बताउँछन् ।
‘काम नै नगर्ने पालिकालाई बजेट दिएर पनि के गर्नु ? काम त गर्नुपर्यो नि होईन र ?’, ढकालले केटिएम भ्वाइससँग भने, ‘यहि अंकाका आधारमा पालिकालाई दिने जम्मा बजेटको भाग लाग्छ, हामीले त्यसरी नै सिफारीस गछौँ ।’
पालिकाको कार्यसम्पादन मुल्याकंन गर्ने अन्य (लिजा) पनि सयन्त्र भएपनि त्यसले यसमा खासै कुनै अर्थ नराख्ने सहसचिव ढकाल बताउँछन् । केटिएम भ्वाइसले ‘कतिपयले यसलाई पास र फेलको संज्ञा दिँदै चर्चा गरेका छन् नि ?’ भन्ने प्रश्नमा ढकाल फरक मत रान्छन् ।
‘अन्य कुरामा कुनै पालिकाले राम्रो पनि काम गरेको होला, तर, हामिले दिएको र्फमेटमा भने कार्यसम्पादन नदेखिएकाले कम बजेट दिने हो’, ढकाल भन्छन्, ‘यसलाई पास र फेल भन्न मिल्दैन, यो सबै पास भएका हुन् तर, कसैले कम नम्बर ल्याएर त कसैले बढी नम्बर ल्याएर भनेर बुझ्नु न ।’
उपमेयर बाहेक कसैले लिएनन् जिम्मेवारी !
कार्यसम्पादन मूल्याकंनमा कम अंक प्राप्त गरेको विषयमा प्रायले आफुलाई भन्दा पनि अन्यलाई नै दोसि देखाएका छन् । कुनै कुरामा कम्जारी भएमा त्यासको जिम्मेवारी लिनु प्रत्यकको कर्तव्य पनि हो ।
तर, मेयर अशोक कार्कीले भने आफ्नो पालामा भएको कामका आधारमा मुल्याकंन नै नभएको कारण त्यो आफुभन्दा पूर्व मेयर स्वस्तीले नै जिम्मेवारी लिनुपर्ने बताउँछन् । ‘मेरो कामको मुल्याकंन भएको हाईन, विगत ५ वर्षमा भएको परिणाम देखिएको हो’, कार्कीले केटिएम भ्वाइससँग भने, ‘मैले धेरै राम्रो काम गरिरहेको छु, त्यसको परिणाम देखिन्छ ।’
तर, उपमेयर जिरा राई भने भएको कम्जोरीलाई सुधारेर लग्ने भन्दै आफ्नो पालामा भएको कम्जोरी स्वीकार गर्छिन् । ‘हो, हाम्रो केही कम्जोरी भएका छन्, त्यसलाई आगामि दिनमा सुधार गरर लग्ने छौँ’, राईले केटिएम भ्वाइससँग भनिन्, ‘हाम्रोमा प्रमुख प्रशासकिय अधिकृत धेरै परिवर्तन भएर पनि त्यस्तो समस्या आएको हो ।’
बेलकाका प्रमुख प्रसाशकिय अधिकृत पुरुषोतम धिमिरेले आफु बेलका आएको केही समय मात्र भएकाले पनि मुल्याकंनको विषयमा धरै भन्न नसक्ने बताउँछन् । ‘म त केही समय मात्र भयो बेलाका आएको कर्यासम्पादनको विषयमा मैले बुझ्न पाएको छैन’, उनले भने, ‘म के–के रहेछन् त्यो हेर्छु ।’
जनप्रतिनिधिदेखि कर्मचारी सम्म दोसी
बेलकाको कर्यासम्पादन मूल्याकंन कम आउनुमा जनप्रतिनिधिको कम्जोर भुमिका देखिन्छ नै तर त्यसमा बेलकामा भएका कर्मचारीको पनि भुमिका हुन्छ ।
जनप्रतिनिधिलाई कतिपय कुरा थाहाँ नहुने भएकाले कर्मचारीले नै धरै विवरण आयोगमा पेस गर्नुपर्ने हुन्छ । वा बेलकाको योजना कार्यन्वन(बजेट अनुसार र नियम अनुसार काम) कर्मचारीले गर्ने हो । बेलकाले अंक प्राप्त गर्ने कुरामा कर्मचारीले पनि दोसी देखिन्छ । अर्थत योजना कार्यन्यवनमा मूख्य भुमिका भएका कर्मचारीले राम्रोसँग नगरेको प्राप्त अंकले देखाउछ ।
मूल्याकंन कम आउनुमा केही कम्जोरी भएको भएपनि प्रमुख प्रसाशकिय अधिकृत लामो समय नहुनुले बेलकाको कम अंक आएको बेलकाका सुचना अधिकारी चेतनाथ गौतम बताउँछन् । ‘हाम्रोमा लामो समय प्रमुख प्रसाशकिय अधिकृत हुनुहुन्न थियो त्यो भएरु पनि हो’, गौतमले भने, ‘केही सुधार गर्ने सकिने कुराहरु छन् त्यो हामी सुधार गछौँ ।’