GBIME

आइफोन प्रयोगकर्ताका लागि लक्षित एमसीडोडोका एक्सेसरिज नेपालमा उपलब्ध

336
shares

काठमाडौं, १४ फागुन । विश्वव्यापी रुपमा निकै प्रसिद्ध एक्सेसरिज ब्राण्ड एमसीडोडोका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएको छ । एडुटेक इन्टरनेशनल प्रालिले आइफोन प्रयोगकर्ताहरुका लागि लक्षित गर्दै उक्त ब्राण्डलाई नेपालमा भित्र्याएको हो ।

एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरु, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त एक्सेसरिजहरु एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । र, नेपाली बजारमा एमसीडोडोका रु ५०० मुल्य देखि १२ हजार मुल्यसम्मका एकसेसरिजहरु रहेका छन् ।

आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरु ल्याएको छ । उक्त एक्सेसरिजहरु विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरुले देशभरका विभिन्न रिटेल पसलहरु तथा दराजबाट खरिद गर्न सक्नेछन् ।

यसका उत्पादनहरु यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढि देशहरुमा उपलब्ध छन् ।