GBIME

‘अहिले बैंकिङ क्षेत्रमा सुरक्षाको अवस्था गारो–गारो भएको छ, सरकारबाट सहयोग छैन’

912
shares

काठमाडौं, १४ फागुन । अहिले बैंकिङ क्षेत्रमा सुरक्षाको अवस्था गारो–गारो भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । बैंकर्स संघले आयोजना गरेको ‘बैंकिङ क्षेत्रको समस्या र आगामी बाटो’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।

ऋण नतिर्नु भन्ने हल्ला फैलीरहेको त्यस्तो हल्ला फैलीरहेको भएपनि सरकारले जुन खालको सहयोग गर्नुपर्ने हो त्यो नगरिरहेको केसीले बताएका छन् । ‘पछिल्लो समय बैंकिङ क्षेत्रको लागि अप्ठ्यारो परिस्थिति देखिरहेका छौँ, विषेश गरेर बैंकको बारेमा सडकबाट हल्ला हुने गरेको छ’, केसीले भने, ‘बैंकिङ क्षेत्रमा सुरक्षाको अवस्था पनि गारो–गारो भएको छ’

ऋण नतिर्ने भन्ने हल्ला बिशेष गरेर लघुवित्तमा झन बढी भएको कुरा आएको केसीको भनाई छ । बैंकहरु खतम हुन, डुब्न लाग्यो भन्ने खालको हल्ला आएको तर वास्तविकता त्यस्तो नभएको केसीको भनाई छ ।

‘हामी एक्दमै पारदर्शी छौँ’, केसीले भने, ‘हामीले गर्ने सम्पूर्ण क्रियाकलापहरु हाम्रो साईटमा पनि सार्वजनिक गरेको डाटामा सबै छन् ।’ विश्वको अर्थतन्त्रलाई हेर्दा जनवरी देखि अहिले सम्म ब्याजदर घट्ने देखिएको केसीको भनाई छ ।

विश्वमा पनि ब्यादर घट्दै गएको र नेपालमा पनि घट्दै गएकाले त्यसले केही स्थिरता आउने केसीको भनाई छ । सरकारको पक्षमा केही अप्ठारा परिस्थिति भएको पुँजीगत खर्च कम हुने गरेको केसीको भनाई छ ।

‘बजेट कटौति गरेर अगाडि बढ्दा हामीले जुन खालको आर्थिक चलायमान हुन्छ भनेर सोचिरहेका थियौँ त्यो नहुने देखिएको छ’, केसीले भने, ‘त्यसले गर्दा त्याहा केही अप्ठ्यारो स्थिति छ कि भन्ने छ ।’