GBIME

ग्लोबल आइएमईमा बज्राचार्यको कार्यकाल सकिदै, को बन्ला नयाँ सीईओ ?

504
shares

काठमाडौं, १५ फागुन । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल आगामी ३० साउनमा सकिदैछ । २०७७ साउन ३० गते ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका बज्राचार्य कार्यबाल पूरा गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।

बज्राचार्य स्वच्छ छवी भएक पुराना बैंकर हुन् । उनले ग्लोबल आइएमई बैंककमा बिना बिवाद आफ्नो कार्यकाल पूरा गर्दैछन् । दोस्रो कार्यकालका लागि भने उनी दोहोराउने पक्षमा छैनन् । यद्यपि, अहिले नै यसै भनिहाल्न सक्ने अवस्था भने छैन ।

बज्रचार्य पछिको वरियतामा अहिले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल रहेका छन् ।