GBIME

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

6.64K
shares

काठमाडौं, १५ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छदा कर्जा हिनामिना गरेको आरोप न्यौपाने माथि छ ।

न्यौपानेका बारेमा केटिएम भ्वाइसले केही महिना अघि नै समाचार प्रकाशन गरेको थियो । केटिएम भ्वाइसलाई समाचारको सूचना दिएको अभियोग लगाउदै न्यौपानेले विरगञ्जका एक व्यक्तिलाई फसाइदिने धम्की समेत दिएका थिए ।

न्यौपानेसँगै सेञ्चुरीका तत्कालिन सीईओ तुल्सीराम गौतम समेत पक्राउ गरेका छन् । यसप्रकरणमा पक्राउ पर्नेको संख्या ११ रहेको प्रहरीले जनाएको छ ।

Follow Up

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा